आज :

ओलीको गृहनगर दमकको ताजा मतपरिणाम सार्वजनिक, राप्रपा-एमालेको मतान्तरसहित

झापा । झापाको दमकमा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनेका राप्रपाका रामकुमार थापालाई ८ सय ६९ मतले अग्रता पाएका छन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारीलाई ६ हजार ६ सय ८४ मत प्राप्त भएको छ ।

यस्तै उपप्रमुखमा एमालेका अम्बिकाप्रसाद खनाल ७ हजार ५ सय ९२ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराई ७ सय २ सय ३१ मतका साथ दोस्रो स्थानमा छिन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको मत परिणामलाई चासोका साथ हेरिएको छ ।

यता भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले सुवेदीसँग २९ मतको अग्रता बनाएकी छन् ।

१७ हजार २६६ मत गणना हुँदा सुवेदीले ५ हजार ६८९ मत पाएका छन् भने दाहालले ५ हजार ७१८ मत पाएकी छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ६४५ मत पाएकी छन् ।

यता लितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।​ १२४२० मत गणना हुँदा महर्जनले ७ हजार ४९६ मतको अग्रता लिएका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३ हजार २५२ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ३ हजार ८४८ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ३५४ मत पाएका छन् ।

उता धरान उपमहानगरपालिकामा १७ हजार ४९५ मत गनिसक्दा गठबन्धनका प्रमुख उम्मेदवार किशोर राई ५ हजार १११ मतसहित अग्रस्थानमा छन ।

उनलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४ हजार ४५० मत ल्याएर पछ्याइरहेका छन् । एमालेकी उम्मेदवार मन्जु भण्डारी भने ४ हजार ४३४ मतसहित तेस्रो स्थानमा छिन् ।

यस्तै उपप्रमुखमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघा ५ हजार ७६० मत सहित अगाडि छन् भने एमालेका पदम लिम्बूले ५ हजार ३९९ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै काठमाडौँको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र नाथ श्रेष्ठले ४ सय ५७ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रलाल सिंहले ३ सय २६ मत पाएका छन् ।

चौथो स्थानमा एकीकृत समाजवादीका बालकृष्ण सिंह डंगोलले १ सय २७ मत पाएका छन् । वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । शंखरापुरमा यसअघि राप्रपाले वडा नं। ३ मा पनि विजय हात पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal