आज :

युक्रेनी राष्ट्रपति जेलेन्स्की लुकेको बंकर नजिकै रुसी सेनाको क्षेप्यास्त्र प्रहार

  • अनलाइन डबली

काठमाडौं । रुसले युक्रेनमाथिको सैन्य कारवाही दोस्रो चरणमा प्रवेश गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लुकेर बसेको बंकर नजिकै रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ । जेलेन्स्की बसेको बंकर भन्दा केही किलोमिटरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको हो । युक्रेनी सेनाको अड्डामा गरिएको उक्त हमलाबाट ठूलो क्षति अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसी सेनाले जेलेन्स्की लुकेर बसेको बंकर पनि पत्ता लगाइसकेको बताइएको छ ।

राष्ट्रपति जेलेन्सकी बंकरमा कडा सुरक्षा घेरामा लुकेर बसेका छन् । त्यहीबाट उनले भिडियो बनाउँदै सार्वजनिक गरिरहेका छन् । राजधानी किभ पुग्ने विदेशी नेताहरुसँग भेट्ने भन्दा जेलेन्स्की लुक्ने बंकर अलग भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

जेलेन्स्कीको सुरक्षामा युक्रेनी सेनाको दुई तीन बिग्रेड नै तैनाथ गरिएको छ । एन्टीएयर क्रप्ट सिस्टमसहित एन्टी मिसाइल सिस्टम पनि जेलेन्स्कीको सुरक्षामा बंकरमा जडान गरिएएको बताइएको छ । राजधानी किभमा पहिले भन्दा हमला तेज भएपनि रुसले अन्य शहरलाई पहिला कब्जा गर्ने योजना बनाएको बताइएको छ ।

राजधानी किभको सबैभन्दा नजिक रहेको इरपिन सहरमा पनि रुसी सैनिकले हमला गरिररहेका छन् । यो शहर पनि करिब करिब रुसी सेनाको नियन्त्रणमा आइसकेको छ । केही ठाउँमा सानो संख्यामा रहेका युक्रेनी सेना फाटफुट प्रतिरोध गरिरहेका छन् ।

रुसी रक्षामन्त्रालयले आफूले पूर्वी युक्रेनलाई मुक्त गर्न चाहेको बताएको छ । उसले अलग राज्य घोषणा गरेका क्षेत्रलाई युक्रेनबाट अलग गराउन लागेको बताएको छ । यसैबीच मारियोपोलमा रुसी सेनामाथि फाइरिङ गरिरहेको सैन्य जत्था विदेशी नागरिक भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । विदेशी नागरिक भएकाले युक्रेनी जनताको ज्यानसँग कुनै सरोकार नभएको बताइएको छ ।

युक्रेनी सेनाले आत्मसमर्पण गरेर ठूलो क्षेति हुनलाई रोकेपनि विदेशी सेनाले नमानेको रुसले जनाएको छ । रुसले नेटो र अमेरिकाले लडाइँलाई लम्ब्याउन हतियार दिइरहेको बताएको छ ।

आन्तरिक दुर्घटनाका कारण सोभियतकालिन युद्धपोत डुबेकोमा युक्रेनले खुशीयाली मनाइरहेको बेला रुसले एकै पटक पाँचवटा युद्धपोत समुन्द्रमा उतारेको छ । रुसको मस्क्वा जहाज आन्तरिक दुर्घटनापछि आगलागी भएर डुबेको थियो ।

भरखरै रुसी सेनाले युक्रेनकी क्रिमिन सहर नियन्त्रणमा लिएको छ । रुसी सेनाले निर्णय हमला गरेसँगै यो शहर पूर्णरुपमा रुसले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal