आज :

युक्रेनको राजधानी किभतिर फेरि अघि बढ्‍यो रुसी सेना, नयाँ कमाण्डर मैदानमा उत्रिए

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा सैन्य अप्रेशसन सुरु गरेको आज ४७ दिन पूरा भएको छ । टर्कीमा रुस–युक्रेनबीच भएको शान्ति वार्तापछि रुसी सेना युक्रेनको राजधानी किभलगायतका क्षेत्रबाट रुसी सेना पछि हटेको थियो ।

टर्की वार्ताप्रति इमान्दार भएर रुसले सैन्य कारवाही घटाएपनि पनि युक्रेनले भने आफ्नो तर्फबाट पालना गर्नुपर्ने कुरामा ध्यान नदिएर सैन्य सहयोग मागिरहेको छ । युक्रेनले रुस कमजोर भएर पछि हटेको, ठूलो क्षति भएको र रुसलाई धुलो चटाउन आफू सक्षम रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य सहयोग माग्न थालेपछि रुसी सेना फेरि किभतिर अघि बढेको भारतीय बताइएको छ । जेलेन्स्कीले नेटो देशहरुसँग हतियार मागिरहेका छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले एयर डिफेन्स सिस्टमसहित थप सैनिक युक्रेन पुगेका छन् । ट्यांक र बख्तरबन्द गाडीसहित रुसी सेनाको १५ किलोमिट लामो लस्करको भिडियो र फोटो भारतीय संचारमाध्यमहरुले प्रसारण गरेका छन् ।

रुसले एक उच्च सैनिक कमाण्डरको नेतृत्वमा राजधानी किभतिर सेना मुभ गरेको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् । नयाँ कमण्डारले अबको ३० दिनभित्र युक्रेन कब्जा गर्ने योजना बनाएको पनि भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वास गरेका कुशल सैन्य कमाण्डर युक्रेन पुगेको बताइएको छ । रुसले थप हतियार पनि पठाएको छ । बेलायतका प्रधानमन्त्री युक्रेनको राजधानी पुगेर हतियार सहयोगको घोषणा गरेपछि रुस आक्रmोसित भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई हार्पुन एन्टी मिलाइलसहित सैन्य सहयोग पठाउने बताएका छन् । युक्रेनको राजधानी किभ पुगेर राष्ट्रपति जेलेन्स्कीलाई भेटेपति जोनसनले १ सय २० किलोमिटरसम्म मार गर्न सक्ने क्षमताको इन्टी मिसाइलसहित सैन्य सहयोग गर्ने बताएका थिए । जोनसनले रुसविरुद्ध लड्न जेलेन्स्कीलाई उकासेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसी सुरक्षा चाँसोप्रति बेवास्ता गर्दै जेलेन्स्कीले विदेशी शक्ति राष्ट्रहरुसँग हतियार माग्न थालेपछि रुसी सेनाले राजधानी किभलगायत खर्किव, मारियोपोल, लुहांस्क, डोनेस्ट्क्स, माइकोलेवलगायत क्षेत्रमा हमला तेज बनाएको छ । करिब दुई हप्तापछि राजधानी किभमा सबैभन्दा ठूलो विस्फोट भएको बताइएको छ । खर्किवमा स्कन्दर मिसाइलबाट रुसी सेनाले हमला गरेको छ । रुसी सेनाले पहिलो पटक एमआरएलएस हतियारको प्रयोग पनि गरेको छ ।

रुसी सेनाले खार्किवमा युक्रेनी सेनाका ट्यांक कब्जामा लिएको छ । त्यस्तै, युक्रेनी सेनाको हतियार गोदाम पनि नियन्त्रणमा लिएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाको ट्यांक कब्जा गरेको भिडियो सार्वजनिक गरेको छ ।

त्यसैगरी युक्रेनी सेनाले बाटोमा बिछ्याएको ब म र माइन निस्क्रिय बनाएको छ । रुसी सेनालाई लक्षित गरी युक्रेन सयौंको संख्यामा खेतबारी र सडकमा माइन बिछ्याएको थियो । रुसी सेनाले सबै ब म माइन निस्क्रिय बनाइदिएको भारतीय किभमा रहेका भारतीय पत्रकारहरुले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

रुसले राजधानी किभको ठूलो भाैतिक संरचनाको क्षतिमै आफ्नो सुरक्षा चाँसोबारे युक्रेनको प्रतिवद्धता खोजेको तर त्यो कुरा राष्ट्रपति जेलेन्स्कीले बुझ्न नसकेो वा बुझेर पनि पश्चिमा देशहरुको उक्साहटमा लागेकोले अवस्था गम्भीर मोडमा पुगेको भारतीय सैन्य विशेषज्ञको भनाई छ । रुसले चाहेको भए अन्य शहर जस्तै गरी किभलाई पनि ध्वस्त गर्न सक्ने र जेलेन्स्कीलाई नियन्त्रणमा लिन सक्ने बताउँदै उनीहरुले ठूलो जनधनको क्षति पुग्न भएकोले नगरेको दाबी गरेका छन् ।

जेलेन्स्कीले टर्की वार्तालाई हल्ला रुपमा लिएका लिएको र झुटो विवरण बनाएर बुचा घटनालाई उचालेपछि रुस फेरि किभतिर अघि बढेको बताइएको छ  । रुसले अब यु’द्धलाई छोट्याउँदै केही दिनभित्र किभलाई नियन्त्रणमा लिन सक्ने विश्लेषण हुन थालेको छ । युक्रेनका ठूला शहर खार्किभ र मारियोपोल करिब ९० प्रतिशत रुसी सेनाको नियन्त्रणमा गएको छ ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियन्त्रणबाट गुमेको पुष्टि गर्दै मारियोपोल गुमे आफ्नो धडकन रोकिने बताएका छन् । उनले एक भिडियो सन्देशमार्फत उक्त कुरा बताएका हुन् । उनको उक्त भिडियो सन्देशले पनि मारियोपोल रुसी सेनाको नियन्त्रणमा गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal