आज :

टर्की वार्तामा भएकाे सहमतिप्रति रुस इमान्दार, युक्रेनले बुचा शहरमा बनावटी प्रमाण बनायाे

काठमाडौँ । रुस र युक्रेनबीच भएको पछिल्लो शान्ति वार्तामा भएको सहमति अनुसार रुसी सेना केही क्षेत्रबाट पछि हटेको छ भने केही क्षेत्रमा हमला कम गरेको छ । रुस र युक्रेनका वार्ताकारहरुबीच हमला कम गर्न सैन्य शक्ति कटौती शक्ति कम परिचान गर्ने सहमति भएको थियो ।

वार्तामा भएको सहमति अनुसार रुसले राजधानी किएभलगायत केही क्षेत्रबाट सेनालाई पछाडि हटाएको थियो भने हमला कम गरेको थियो । तर, युक्रेन वार्ताप्रति इमान्दार भएन । अझ युक्रेनले बुचा शहरमा रुसले नरसंहार गरेको भन्दै उल्टै मिडिया प्रपोगण्डा गरिरहेको छ । यसले झन् विवादलाई बढाउने सुरक्षा विज्ञहरुको धारणा छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्ने क्रममा रुसी सेनाहरूले बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दाबढी सर्वसाधारणलाई मारेको आरोप लगाएका छन् । यो भनेको कच्चा काम हो । जेलेन्स्कीको यही कच्चापनाकै कारण रुसले हमला गरेको हो भने यसले विवाद कम गर्ने भन्दा बढाउने देखिएको छ ।

जेलेन्स्कीले बुचा घटनालाई आधार बनाएर रुसविरुद्ध प्रचारयुद्ध छेडेका छन् । यही घटनालाई उचालेर रुसलाई विश्वभर बदनाम गर्ने जेलेन्स्कीको योजना छ । उनले संयुक्त राष्ट्रसंघको सदस्यबाट रुसलाई हटाउन माग समेत गरेका छन् ।

रुस–युक्रेन विवादको बिउ रोप्ने अमेरिकी अमेरिकी राष्ट्रपति जो बाइडनले समेत रुसले बुचामा अत्याचार गरेको बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि युद्ध अपराधबारे अनुसन्धान गरिनुपर्ने बताउँछन् ।

यस प्रचारलाई रुसले खण्डन गरेको छ । संयुक्त राष्ट्र सङ्घका लागि रुसले बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको बताएको छ । रुसी अधिकारीहरुले आफ्नो देशले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा बनावटी प्रमाण पेश गर्ने बताएको छ । न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनमाथि बनावटी प्रमाणहरू तयार पारेको बताए । रुसले आफूविरुद्ध आरोप लगाउने उद्देश्यसहित बुचामा राजनीतिक वा सैन्य कारबाही चलाएको आरोप दाबी गरेको छ ।

टर्कीको इस्तानबुलमा भएको वार्तामा रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको थियो । वार्तापछि रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले वार्तामा वार्ता व्यावहारिक रुपमा अघि बढेको भन्दै किभ र चेर्नेगिभ क्षेत्रमा सैन्य गतिविधि घटाउने सहमति भएको बताएका थिए । यही सहमतिअनुसार रुसले राजधानी किएभ आसपास क्षेत्रबाट सेना पछि हटाएको थियो ।

रुसी सेनाले किभ घेराउ गरेको बेला जेलेन्स्कीले आफू नेटोमा सहभागी नहुने र विवादित पूर्वी क्षेत्रको बारेमा छलफल गर्न तयार रहेको बताएका थिए । तर, रुस वार्तामा भएको सहमतिअनुसार इमान्दार भएर पछि हट्दा जेलेन्स्कीले पुरानै बोली बोल्न थालेका छन् । उनका पछिल्ला अभिव्यक्तिले समस्या समाधान भन्दा पनि झन् चर्किने देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal