आज :

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

  • अनलाइन डबली

जनकपुर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ ।

तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो ।

हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरु आफूले चढाएका प्रसादहरु बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरुलाई पनि प्रसाद दिने चलन रहेको छ ।

जनकपुरधामसहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामको मुख्य सरोवरहरु आन्तरिक तथा वाह्य पर्यटकहरुलेसमेत भरिभराउ देखिएको थियो । गृहमन्त्री ओम प्रकास अर्यालसहितको टोलीले पनि जनकपुरमको एतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal