आज :

होली खेल्ने नाममा विकृति नफैलियोस

अनुसा थापा- हिजो काठ्माडौं उपत्यका र पर्सी मधेश प्रदेशमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भएपनि यो एकदमै जोखिमपुर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा अघिको वर्षहरुमा देखिसकेका छौ । चाड मनाउने भन्दै अरुलाई दुःख दिन मिल्दैन् नि । होली भन्दै बाटोमा हिडिरहेको मानिसहरुलाई पानी छ्याप्ने, अबिर हाल्ने कार्यपनि नभएका होइनन् । कतिपय मानिसहरु आपत परेर हिडेका हुन्छन्, कति आफन्त भेट्न जान खोजेका होलान् । तर, होली खेल्नेहरुले सोच्दैनसोची आफ्नो मनपरी गर्दै आएका छन् । यता, मादक पदार्थ सेवन गर्ने र बिना हेल्मेट मोटरसाइकल चलाउने मान्छे पनि भेटिन्छन् । जसले गर्दा दुर्घटनाको जोखिम निम्तिन्छ । छतमा बसेर पानी छ्याप्दा कतिपय छतबाट चिम्लिन्छन् । त्यसैले होली मनाउदा निकै सावधानी अप्नाउनुपर्छ । पछिल्लो समय आफ्नो रमाइलोको लागि होली मनाउछन् तर दुःख अरुलाई दिइरहेको हुन्छन् । कसैको इच्छाविपरीत गएर रङ लगाउन पाइदैन् ।

चड हो रमाइलो गर्नुपर्छ तर त्योपनि आफ्नो परिवार वा आफन्तसंग । बिनाकाम अरुलाई दुःख दिने कामचाहि राम्रो होइन् । यसमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ । एउटा साधारण टिका लगाएर पनि होली मनाउन सकिन्छ । होली मनाउनको लागि होहल्ला गर्नैपर्छ, मादक पदार्थ सेवन गर्नैपर्छ, अरुलाई भिजाउनैपर्छ भन्ने होइन् । शान्ति रुपले पनि होली खेल्न सकिन्छ । यता, घरको छतमा बसेर पनि होली खेल्नुहुन्न । घरको छतमा बसेर अर्कोको घरमा पानी हाल्ने काममा रोक लगाउनुपर्छ । घरको छतमा बसेर होली खेल्दा निकै नै जोखिम छ । चाड मनाउदा, रमाइलो गर्दा आफु पनि नमरौ र अरुलाईपनि नमारौ ।

थोरै गल्तीले निकै ठुलो दुर्घटना हुन सक्छ । होली पर्वमा भएको विकृति कसरी रोक्ने, शान्तिसुरक्षा कसरी अप्नाउने भनेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छैन् । अरुलाई जर्बजस्ती रंग लगाउने काममा प्रशासनमा रोक लगाउनुपर्छ । होली खेलिरहेको बेला कतिपय पुरुषले महिलालाई यौन शोषण गरेका घटनाहरु छन् । यस्ता घटना फेरिपनि घट्न नदिन प्रशासनहरु तयार रहनुपर्छ । त्यसैगरी, बाटोमा हिडिरहेको मानिसहरुलाई माथिबाट पानी खसाल्नेको विरुद्ध उजुरी गर्ने ठाँउको व्यवस्था गर्नुपर्छ ।
आफन्तभित्रै मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने । यहाँबाट पनि एकाएक दुर्घटना निम्तिन्छ । हामी नेपालीहरुको आनाबानी कसैले एकगिलास खानेपानी माग्यो भने हामी दिदैनौ । तर, अरुलाई दुःख दिनको लागि हामीसंग ट्याङकीभरी पानी हुन्छ ।

अझै पुगेन् भने जारको पानीसमेत ल्याएर खन्याउछौ । यो पनि मानवता हो ? होलीमा प्रयोग हुने रंग मिसावटी एकदमै मिसावटी र हानिकारक हुन्छ । जसले स्वास्थ्य र वातावरणलाई नै हानी पुग्छ । व्यापारीहरुले मँहगो पैसा लिएरपनि मिसावटयुक्त रंगहरु बेचिरहेका छन् । यता, बजारमा होलीको खरिददारी सुरु भइसकेको छ भने जनता ठग्ने कामको पनि सुरुवात भइसकेको छ । अरु बेला दुई सयमा पाउने होली लेखिएको टिसर्टको रेट व्यापारीले पाँच सय पुप्याएका छन् । यता, बच्चाले खेल्ने पिच्कारीहरु पनि मँहगोमा बिक्रीवितरण भइरहेको छ ।
होलीको लागि धेरै प्रयोग हुने भनेको प्लास्टिकका पोकाहरु हुन् । प्लास्टिकका पोकाहरुमा पानी हालेर फाल्ने प्रवृत्तिले सडक पुरै दुर्गन्धित बन्छ । एकातिर सरकारले हप्तौदेखि फोहोर उठाउनसकेको छैन् अर्कोतिर होलीले मच्चाएको तहल्का । सरकारले कहिले उठाइसक्छ ? यसमा पनि हरेक नागरिक जिम्मेवार बनौ । होली खेल्दा निक्लिएका फोहोरहरु सडकमा ल्याएर फाल्न पाइदैन् । सर्वसाधारण हिड्ने बाटो फोहोर पार्ने र सास्ती दिने कामको अन्त्य गरौ । होलीलाई लक्षित गरेर ट्राफिक महाशाखाले मापसे चेकिङ तीव्रता दिनुपर्छ । हेलमेट नलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्नपप्यो ।

यता, सुरक्षाकर्मीहरुको पनि गस्ती बढाउनुपर्छ । यसमा नेपाली जनताहरुले पनि सहयोग गर्नुपर्छ । कुनैले जाँडरक्सी खाएर होहल्ला गर्छ, खैलाबैला मचाउछ, भने उसको विरुद्ध नागरिकले नै उजुरी गर्नुपर्छ । होली मनाउने नाममा आफ्नो टोलछिमेकमा कहीकतै दुर्घटना नहोस् भनेर सबै नागरिक चनाखो भएर बस्नुपर्छ । यसविषयमा सरकारी निकायले पनि कडाइ गर्नपप्यो । देखासिकी गरेर बढी खर्च गर्नु पनि ठिक होइन् । अरुलाई देखाउनका लागि फजुल खर्च गर्नुहुदैन् । हरेक मानिसले घाँटी हेरेर मात्र हाड निल्नुपर्छ भने जस्तै आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ ।

होलीको नाममा जथाभावी गरिने खर्चको सदुपयोग गरेर बाटोमा माग्नेलाई खानदियो भने धर्म हुन्छ । फजुल खर्च गर्ने रकमले खाधान्न खरिद गरेर आश्रममा लगेर दियो भने कसैलाई केही दिनसम्म आफ्नो भोक टार्न हुन्छ । नेपालको स्थिति कुनै मान्छे खान नपाएर मरिरहेको छ भने कुनैले खाना बढी भएर फ्यालिरहेका छन् । नेपालीमा अलिकति पनि मानवता छैन् । आफ्नो पेट भर्न र आफुले रमाइलो र्न पाए भइहाल्यो । अरुको बारेमा सोच्ने चलनचल्ती यहाँ छैन् । होली खेल्दाखेरि कसैले पनि मास्क लगाउने गरेको पाइदैन् । मास्क नलगाउदा आखाँ, नाक, मुखमा रंग पस्न सक्ने सम्भावना धेरै हुन्छ । यस्तो मिसावटी रंग हाम्रो छालामा पप्यो भने यसले कति हानी पुप्याउछ ? यसविषयमा कसैको ध्यान केन्द्रित भएको छै्न् । नेपालमा अझैपनि कोरोना निर्मल भइसकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेपनि कोरोनाको तथ्याङक सार्वजनिक गर्दै आएको छ ।

स्वास्थ्यविद्हरुले कोरोना साम्य भइनसकेको र कोरोनाको मापदण्ड पालना गर्न अनुरोध गर्दै आएका छन् । तर, अहिले कोरोनाको मापदण्ड परिपालकहरु कमै मात्र भेटिन्छन् । होली खेल्दाखेरि एकठाँउमा धेरै मानिसहरुको भेला हुन्छ । जसले गर्दा कोरोना फैलिनसक्ने जोखिम झनै धेरै छ । चीन, दक्षिण कोरिया, हङकङलगायतका मुलुकमा कोरोनाले फेरिपनि आतंक मच्चाउन सुरु गरिसकेको छ । चीनको अधिकांश प्रान्तमा लकडाउन गरिएको छ । त्यसैगरी अमेरिका र फ्रान्समा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटिएको खबरहरु बाहिर आइरहेका छन् । नेपाली लापरवाह बन्ने हो भने पुन कोरोना फैलिन बेर लाग्दैन् । सरकारले बनाएको मापदण्ड नमान्ने हो भने यसको भर्पाइ नेपालीहरु आफैले गर्नुपर्ने हुन्छ । तीव्र गतिमा कोरोना फैलियो भने नेपाल सरकारले लकडाउन गर्न बाध्य हुन्छ । त्यसैले पनि नेपालीहरुले चाडपर्व मनाउने भन्दै कोरोना फैलाउन काम नगरुन् । चीनमा कोरोनाले तहल्का मच्चाउदा पनि चीन र नेपालको हवाइ उडान सुचारु छ । सरकार अझैपनि सचेत बनिसकेको छैन् । चिनियाहरु अहिलेपनि नेपाल आइरहेका छन् । चीन र नेपालबिचको हवाइ उडान रोक्न सरकारले कुनै योजना बनाएको छैन् । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना यथावत् छ र यसको रोकथामको लागि नेपाली जनता सतर्क हौ भनेर सुचना जारी गर्दैन् ।

२०७६।७७ सालमा कोरोनाका कारण होली मनाइएन् । तर, अहिले सरकारले कोरोना हटिसकेको जस्तै गरेर होली मनाउन इजाजत दिएको छ । होली मनाउने नाममा फेरिपनि कोरोना त फैलिदैन ? फेरिपनि लकडाउन हुने त होइन् ? हाम्रो कारणले अरुको ज्यान पनि जान सक्छ । नेपालमा कोरोना हटिसकेको छैन्, छिमेकी देशमा कोरोनाले हंगामा मच्चाएको छ भनेर हामीले बिसर्नुहुदैन् । कोरोनाकै कारण १२ हजार बढीले ज्यान गुमाइसकेका छन् । होली खेल्दा आफुपनि बचौ र अरुलाई बाचौं । सरकारपनि नागरिकप्रति जिम्मेवार बनोस् । होली खेल्न पाइन्छ तर अरुको हकअधिकारको बारेमा सोचेर । अरुलाई दुःख दिनेगरि होली खेल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । होली खेल्दा अरुलाई आपत पर्ने काम कसैबाट पनि नहोस् ।

फोटोः फाईल

अनुसा थापा
भक्तपुर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal