आज :

चीनको चेतावनीपछि हच्कियो अमेरिका, भन्यो- एमसीसी पास गर्ने वा नगर्ने नेपालकै अधिकार

काठमाडौं । विवादित परियोजनालाई जसरी संसदमा पास गराउन नेपाली नेताहरुलाई धम्की दिँदै आएको अमेरिका चीनको चेतावनीपछि हच्किएको छ । शुक्रबार चीनले अमेरिकाले नेपालमा बलजफ्ती कुटनीति सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

अमेरिका विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसी पास नगरे नेपाल नीति नै परिवर्तन गर्ने भन्दै धम्की दिएका थिए । त्यसको सर्वदा विरोध भएको थियो । त्यस्तै अमेरिकी अधिकारीहरुले नेपालले एमसीसी पास नगरे चीनले रोकेको बुझ्ने बताउँदै आएका थिए ।

शुक्रबार नै नेपालको लागि अमेरिकी राजदूतले एमसीसीलाई लिएर हिं सा भड्काउने विचार अस्वीकार्य भएको भन्दै धम्की दिएका थिए । त्यतिबेला नै चीनले बेइजिङमा पत्रकार सम्मेलन नै गरेर नेपालमाथि अमेरिकी रबैयाको प्रतिरोध गर्ने बताइसकेको थियो । तर, नेपाली संचारमाध्यममा समाचार आइसकेको थिएन ।

शनिबार साँझ काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति नै निकालेर एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बतायो । दूतावासले नरम भाषामा निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।’

दूतवासले नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको भन्दै अमेरिकाले ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई दिइएको उपहार भएको बताएको छ ।

एमसीसीका विपक्षीहरुले नेपालमा रोजगारी र पूर्वाधार विकासमा सहयोग पुग्ने र नेपालीहरूको जीवनस्तरमा सुधार हुने भन्दै दूतावासले ललिपप देखाएको बताएका छन् ।

एक हप्ताअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली नेताहरुलाई दिएको धम्कीपूर्ण भाषा, नेपालस्थि अमेरिकी दूतावासले गरेको धम्कीपूर्ण ट्वीट र हिजो निकालेको विज्ञप्तिलाई तुलना गर्दा अमेरिका चीनको चेतावनीपछि हच्किएको विश्लेषकहरु बताउँन् ।

यस्तो छ अमेरिकी दूतावासको विज्ञप्तिः

यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ । नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबीचको एउटा साँझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ । यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal