आज :

सुर्खेतबाट मुगु जाँदै गरेको बस दुर्घना हुँदा २३ जनाको मृत्यु, गम्भीर घाइते १४ जनालाई नेपालगंज लगियो

सुर्खेत । सुर्खेतबाट मुगु जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट भे १ ख ३१६७ नम्बरको बस मुगुको सदरमुकाम गमगढीतर्फ गइरहँदा दुर्घटना भएको मुगु प्रहरीले जनाएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई दर्जनबढी घाइते भएको बताइएको छ ।

अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ । आज दिउँसो २ बजेतिर ३९ जना यात्रु रहेको बस दुर्घटनामा परेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरेर घाइतेलाई विमानस्थल पुर्याइरहेका छन् । गम्भीर घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । समिट एयरको हेलिकोप्टरबाट १२ जना र नेपाली सेनाको हेलिकोप्टरबाट २ जनालाई नेपालगंज पुर्याइएको छ ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या ाबढ्न सक्ने प्रहरीले बताएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal