आज :

थारु गीत ‘ओ सजन’ मा पल र कविताको प्रेमील भाव (भिडियो सहित)

काठमाडौ । चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

यस म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय ले अभिनय गरेका छन् । पल र कवितासंगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।

थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवादपनि बोलेका छन् । विभिन्न भाषा, भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्ट दिएका छन् । यस गीतको भिडियोको बारेमा बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ ।’

बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । म्युजिक भिडियोमा पल र कविताको जोडी पनि जमेको छ ।

म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो । म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ । सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।
भिडियो :

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal