आज :

संवाद डबलीमा रिहाईको लागि कार्यक्रम भइरहँदा गोन्जालोको जेलमै मृत्यु, संसारका क्रान्तिकारी शोकमा

काठमाडौँ । पेरुको कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष डा. अबिमायल गुजमान ‘गुन्जालो’ को ८६ बर्षको उमेरमा मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार विहान ६ः४० बजे गोञ्जालोको मृत्यु भएको पेरुका न्याय मन्त्री अनबल टोरेसले बताएका छन् । उनका अनुसार केही दिनदेखि स्वास्थ्य खराबीका कारण गोञ्जालोको सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तर, गोन्जालोलाई जेलमै हत्या गरेर अस्पताल पुर्याइएको केही समाचार संस्थाहरुले समाचारमा उल्लेख गरेका छन् ।

एक दिन पछि गोन्जालोलाई गिरफ्तार गरेको ३० बर्ष पुग्दै थियो । ३० बर्षसम्म गोन्जालोलाई जेलमा राखेको भन्दै विश्वभर आलोचना हुने भएकोले पेरु सरकारले एक दिन पहिले नै हत्या गरेको नेपालका कम्युनिस्ट पार्टीका नेताहरुले बताएका छन् ।

पेरुको तत्कालिन फुजिमोरी सरकारले सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमाबाट गिरफ्तार गरेको थियो । दर्शनका प्राध्यापक गोन्जालोले पेरुका जनताको मुक्तिको लागि भन्दै जनयुद्ध सुरु गरेका थिए । राजधानी लिमा कब्जाको लागि अन्तिम हमलाको तयारीकै बेला उनको गिरफ्तारी भएको थियो । फुजीमोरी सरकारले गोन्जालो नेतृत्वको जनयुद्धलाई दबाउन नसकेपछि अमेरिकाको सहयोग मागेको थियो । गोन्जालोलाई गिरफ्तारपछि पिजडामा राखिएको अवस्थामा सार्वजनिक गरिएको थियो ।

गोन्जालो गिरफ्तारीको आज ३० बर्ष पुग्दै थियो । रिहाईको लागि विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरुले विविध कार्यक्रम गरी दवाव सिर्जना गरिरहेका थिए । नेपालमा पनि विप्वल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले गोन्जालोको रिहाईको लागि शनिबार संवाद डबलीमा अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङ, नेकपाका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला, नेकपा मसालका प्रवक्ता रामप्रसाद पुरी र जनवादी गायक तथा गीतमार्फ गोन्जालोको रिहाईको लागि दवाव दिँदै आएका जीवन शर्माले रिहाईको माग गरेका थिए । त्यसैगरी आज दिउँसो १२ बजे नेकपाले काठमाडौँमा रिहाईको लागि प्रदर्शनको तयारी गरेको थियो ।

कार्यक्रम शनिबार दिउँसो ३ बजे सकिएको थियो । पेरुको स्थानीय समयअनुसार यसको केही समयपछि गोन्जालोको मृत्यु घोषणा गरियो । यो कार्यक्रम नै अन्तिम बन्यो, गोन्जालोको रिहाईको लागि ।

चिनियाँ क्रान्तिका नायक माओको विचारलाई वादमा संश्लेषण गर्दै गोन्जालोले पेरुमा जनयुद्ध सुरु गरेका थिए । गोन्जालो पहिलो नेता हो माओवादीको संश्लेषण गर्ने । त्यसको पछि नेपालसहित विश्वका धेरै देशमा माओवादीको प्रयोग गरियो । नेपालमा पनि माओवादलाई मान्दै २०५२ सालमा जनयुद्ध गरिएको थियो ।

पेरुको जनयुद्ध रक्षा हुँदै सन्तुलनबाट प्रत्याक्रमणको तयारीमा पुग्दा गोन्जालोको गिरफ्तारी भएको थियो । गोन्जालोको गिरफ्तारीसँगै पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथले अहिलेसम्म पनि क्रान्तिलाई अगाडि बढाउन सकेको छैन ।

गोन्जालोले पेरुमा राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा जनयुद्धको घोषणा गरेका थिए । गोन्जालोले जनयुद्धमार्फत पेरुको एक तिहाई भूभागमा कब्जा जमाउन पुगेका थिए । राजधानी लामा कब्जाको अन्तिम तयारी भइरहेको थियो । आफूले नसकेपछि फुजिमरी सरकारले अमेरिकासँग गुहार मागेको थियो ।

गोन्जालोको सन् १९३४ डिसेम्बर ३ मा जन्म भएको थियो । गोन्जालो कानुन र दर्शनशास्त्रका प्राध्यापक थिए । गिरफ्तारपछि सैनिक अदालतले गोन्जालोलाई आजीवन काराबासको सजाय दिएको थियो ।

सन् २००३ मा पेरुको सर्वोच्च अदालतले उक्त सजाय असंवैधानिक भएको भन्दै नयाँ परीक्षणको आदेश दिएको थियो । सन् २००६ मा पुनः गोन्जालोलाई आजीवन काराबासको सजाय दिइएको थियो । निकै अध्ययनशील, सालिन, धर्यैवान र अनुशासित गोन्जालोमा क्रान्तिकारी सर्वहारा आदर्श भेटिन्थ्यो । गोन्जालोले सन् १९६५ मा चीनको भ्रमण गर्नुभएको थियो । आज विश्वका क्रान्तिकारीहरु शोक मनाइरहेका छन् ।

गोन्जालोलाई आत्मसमर्पण गराउन धेरै पटक प्रयास भएका थिए । शान्तिपूर्ण राजनीतिमा आउन आफ्ना पार्टीका नेताहरुलाई आह्वान गरिएको नक्कली विज्ञप्ति समेत पेरु सरकारले निकालेको थियो । तर गोन्जालो कहिलै डगमगाएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal