आज :

विप्लवको पार्टीलाई मन पराउँछु भन्दै श्रेष्ठले गरे खाद्यान्न सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला अन्तरगत महानगर समितिले कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाईको लागि सहयोग सामाग्री जुटाइरहेको छ । यसमा विभन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।

सैबीच भोजपुबाट आएर काठमाडौँमा व्यवसाय गर्दै आइरहेका दिलबहादुर श्रेष्ठले नेकपामार्फत पीडितहरुलाई सहयोग गरेका छन् । नेकपाले भोका र पीडितलाई सहयोग गर्दै आएको जानकारी पाएकोले बताउँदै श्रेष्ठले आफूले सकेको सहयोग गरेको बताए ।

दिशान्त सर्भिस सेन्टरका संचालक श्रेष्ठले भने, “पार्टी त नेपालमा धेरै छन् तर विप्लव दाईको पार्टीले अगाडि सारेका एजेण्डा मलाई मन पर्छ । उहाँहरुले खान नपाएका, भोकै बसेका र जानकारी पाएँ । उहाँलाई बोलाएर सक्दो सहयोग गरेको छु । यसलाई पीडितलाई बाँड्नु हुनेछ” श्रेष्ठले भन । एकछाक खान नपाएका वा अप्ठ्रोमा परेकाहरुलाई आफूले सहयोग गरेको सामाग्री हस्तान्त्रण गर्न आग्रह समेत गर । उनले आफूले जस्तै सहयोग अरुलाई पनि आग्रह गरेका छन् ।

नेकपा काठमाडौँ महानगर समितिका इन्चार्ज अबिरल चन्दले सहयोग सामाग्री बुझ्दै श्रेष्ठलाई धन्यवाद दिए । उनले आफ्नो पार्टीको केन्द्रीय नीतिअनुसार अठ्यारोमा परेका नागरिकलाई सहयोग संकलन गरिरहेको बताए । श्रेष्ठले आफूहरुलाई बोलाएर सहयोग सामाग्री दिएको चन्दले जानकारी दिए ।

इन्चार्ज चन्दले सहयोग सामाग्री लिएर आफूहरुले जिल्ला कार्यालयमा जम्मा गर्ने र काठमाडौँ उपत्यकामा सबैभन्दा बढी समस्या परेकालाई सहयोग सामाग्री बितरण गर्ने जानकारी दिँदै चन्दले श्रेष्ठलाई पार्टीको तर्फबाट धन्यवाद समेत दिए । उनले आफ्नो पार्टीले मात्रै देश र जनताको जीवनमा आएको संकटका विरुद्ध लड्न सक्ने बताउँदै जनतालाई जहाँ समस्या पर्छ त्यहाँ नेकपा पुगेको चन्दले बताए ।

नेपालमा अहिलेसम्म भएका परिवर्तन बिचमै तुहाइएको भन्दै चन्दले वैज्ञानिक समाजवादमा मात्रै देश र जनताको भविश्य उज्ज्वल हुने भन्दै भन्दै नेकपाले अगाडि सारेका राजनीतिक एजेण्डामा गोलबद्ध हुन आग्रह समेत गरे ।

सामाखुशीस्थित श्रेष्ठको कार्यालयमै सहयोग सामाग्री हस्तान्त्रण गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal