आज :

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोरोनाविरुद्ध खोप, चिनियाँ भेरोसील लागाउन तँछाड-मछाड

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालय जसले नेपालमा कोरोना विरुद्धको खोप पहिलो पटक सुरु गरेको थियो र पछिल्लो समयमा पनि निरन्तररुपमा प्रति दिन हजार भन्दा बढी नागरिकलाई खोप सेवा उपलब्ध गरिरहेको छ । यसै क्रममा क्षेत्रपाटी स्थित गोरखा अस्पतालको प्राङ्गणमा चिकित्सालयले झण्डै एक हजार जनालाई खोप सेवा उपलब्ध गरेको अध्यक्ष डा.मनोजमान श्रेष्ठले अनलाइन डबलीलाई बताएका छन् ।

नेपाल सरकारले पछिल्लो समयमा चिनियाँ खोप भेरोसील जनतालाई वितरण गरिरहेको छ, यस क्रममा सो चिकित्सालयको समन्वयमा कहिले हजार, कहिले १४ सय त कहिले १५ सय जति तोकिएको मापदण्ड भित्रका नागरिकले सो खोप लागाइरहेको अध्यक्ष श्रेष्ठले बताए । काठमाडौं नारायणटार स्थायी गर भएकी रोशनी श्रेष्ठले विहान ६ बजेदेखि लाईन बसेर खोप लागएको बताइन । यस अघिका समयमा इण्डियन, अमेरिकन लगायत देशका कम्पनीहरुद्वारा उत्पादित खोपहरुमा केहि समस्या आएको हाल्ला चलेपछि नेपाली जनताले ती खोपहरु लगाउन मानेका थिएनन् । तर पछिल्लो समयमा सबै भन्दा सुरक्षित तथा विश्वसनिय खोपकारुपमा भएकोले चिनियाँ खोप भेरोसिल लागाएको क्षेत्रपाटीकी रोजिना थापाले बताइन् ।

त्यसैगरी विगत ३ दिन देखि लाइनमा बसेर तेस्रो दिन टोकन पाउन सफल बालाजु बस्दै आएकी खोटाङ स्थायी घर भएकी सलोनी लिम्बुले यो खोप लाउन पाएकोमा निकै खुसि भएको बताइन । दैनिक हजारौंको संख्या लाइनमा बस्ने तर सिमित खोप हुने भएकोले सके जति मापदण्डमा परेका नागरिकलाई सकभर खोप सेवा दिने प्रयास गरेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal