आज :

सुदूरपश्चिमकाे फितलाे ब्याटिङ, लुम्बिनीलाई फाइदा

  • अनलाइन डबली

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि तेस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) सुरू भएको छ। उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई ७ विकेटले हरायाे।

गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियाे। सुदूरपश्चिमकाे खराब ब्याटिङ पुनः दाेहाेरिएकाे छ। जसकाे फाइदा अर्काेपटक आज लुम्बिनीले उठायाे।

गत संस्करणको फाइनलमा ८५ रनमा अलआउट भएको सुदूरपश्चिम याे सिजनमा भने थप २ रन जाेड्दै ८७ रनमा राेकियाे।

टस हारेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिम ८७ रनमा समेटियाे।

ओपनरकाे भरमा बलियाे देखिएको सुदूरपश्चिम टस हारेर पहिला ब्याटिङ गरेकाेमा २४ रन जाेड्दा पहिलाे विकेट गुमायाे। विनाेद भण्डारीलाई व्यक्तिगत ९ रन जाेड्दा शेर मल्लले लुम्बिनीलाई पहिलाे सफलता दिलाए। त्यसपछि टिम स्काेर २६ रन हुँदा आरिफ शेख आउट भए । त्यसपछि क्रमशः २८,३४,५३,५६ ७० र ८७ रन पुग्दा सुदूरपश्चिमले सबै विकेट गुमायाे।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। लुम्बिनीका लागि किशाेर महताेले ४,शेर मल्लले ३ विकेट लिए।

जितका लागि पाएकाे ८८ रनकाे झिनाे लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।

जसमा डार्सी सर्टले सर्वाधिक ४०,आसिफ शेखले ३२ रन बनाए।   सुदूरपश्चिमको अनिल खरेलले २,कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

गत संस्करणकै खराब सिलसिला दाेहाेर्याएकाे सुदूरपश्चिम अर्काे खेलमा सुधारिएर आउने अपेक्षा छ।

साविक विजेता लुम्बिनी भने पहिलो शानदार जितले आगामी खेलमा थप उत्कृष्ट देखिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal