आज :

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

  • अनलाइन डबली

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ ।

यहि अक्टोबर १६ मा तियान्फु पुस्तक प्रदर्शनीका क्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ चिनियाँ भाषामा सार्वजनिक गरिएको हो ।

नेपाल सरकार र चीन सरकारबिच सन् २०२३ सेप्टेम्बर २५ मा भएको द्विपक्षीय समझदारीअनुसार नेपालका २५ पुस्तक चिनियाँ भाषामा र चीनका २५ पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने परियोजना अघि बढाइएको थियो ।

उक्त परियोजनाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउनुका साथै नेपाली सिर्जना, संस्कृति र जीवनदर्शनको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

सरकारको यस पहलले नेपाली पुस्तकको अन्तर्राष्ट्रिय पहुँच विस्तार, साहित्यिक आदानप्रदान र नेपाल–चीन सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन योगदान पु¥याउने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal