आज :

श्रमजीवी–पत्रकारहरुको हितमा लड्ने प्रतिबद्धतासहित संघको पहिलो बैठक सम्पन्न

काठमाडौं । श्रमजीवी–पत्रकार, संघ, नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार एवं श्रमिकहरुको हकहित, पेशागत, भौतिक सामाजिक सुरक्षाका साथै पत्रकारहरु आफैंले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको हित र संरक्षणको लागि लड्ने प्रतिबद्धतासहित पहिलो बैठक सम्पन्न गरेको छ । संघका महासचिब धनन्जय बुढाले शनिबार एक प्रेस विज्ञप्ति मार्फत बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा देशभर संगठन विस्तार गर्ने, कोभिड–१९ को दुबै महामारीमा रोजगार गुमाएका श्रमजीवीहरुको व्यवस्थापन गर्ने पहल गर्ने, जबर्जस्ती निष्काशन गर्ने, बेतलबी विदा राख्ने, बा“की बक्यौता नदिने, निष्काशन गर्ने नियतले गरिने अनावश्यक सरुवालगायतका सञ्चार गृहहरुका हर्कत रोक्न अन्दोलन गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

सो संघ आधिकारिक रुपमा गठन भएपछि पहिलोपटक असार २६ गते अध्यक्ष जन्मदेव जैसीको अध्यक्षता र अग्रज सल्लाहकारसहित सिंगो कार्यसमिति सम्मीलित बैठकले ठूला मेडिया भनिएका कर्पोरेट सञ्चार गृहहरुले सरकारलाई नै चुनौति दिनेगरेर पत्रकार विरोधी कार्य गरिरहेको विषयले बढी चर्चा पाएकोे जनाइएको छ ।

सो संघका सल्लाहकार बलराम थापाले राज्यको चौथो अंगकारुपमा रहेको सञ्चार जगत हाँक्ने सञ्चारकर्मीहरुको संगठन समाज परिवर्तनका निम्ति प्रतिबद्ध भएर लाग्नु पर्ने र श्रमजीवीहरुको हितमा लड्नेहरुलाई सधै आफ्नो साथ रहने बताए । अर्का सल्लाहकार नारायण शर्माले वर्तमान व्यवस्था श्रमजीवीहरुको नभएकाले सधै उनिहरुको हकमा लड्ने फराकिलो घेरासहित सो संघ चलेको खण्डमा धेरै सम्भावना रहने बताए । त्यसैगरी सल्लाहकार धर्मेन्द्र कुमार कर्णले आफू बर्षौदेखि श्रमजीवी पत्रकारकारुपमा कार्यगर्दै र मेडियामालिकहरुको गलत रबैयाविरुद्ध लड्दै आएको अनुभव बताउँदै अब आन्दोलन गर्नेहरु त्यतिमै सिमित रहे केही नहुने सुझाए ।

सल्लाहकार रेमबहादुर विश्वकर्माले श्रमजीवीहरुको पक्षमा लड्न नीतिगतरुपमा पनि बलियो आधार तयार गरेर अघि बढ्नु पर्ने सुझाब दिए । अध्यक्ष जन्मदेव जैसीले आफूहरु सधै श्रमिक वर्गको हितमा अनवरत लड्दै आएको र त्यसलाई थप सशक्त बनाउन यो नयाँँ संगठन बनाएको प्रष्ट पारे । उपाध्यक्ष अमृत भादगाउँले लगायत पदाधीकारी र केन्द्रीय कार्यसमिति सदस्यहरुले कुनैपनि हालतमा श्रमजीजी पत्रकारहरुलाई आफूहरुले संरक्षण गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal