आज :

तीन महिनामै खाद्यको एक करोड बढीको व्यापार

  • अनलाइन डबली

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।

साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको व्यापनर गरेको हो ।

गत आर्थिक वर्षमा २०८२–८३ मा एक करोड ६ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्ष साउन, भदौ र असोज महिनामात्र एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले बताए ।  तिम्सिननका अनुसार तीन महिनामा अवधिमा कुल एक हजार १८२ क्विन्टल बढी व्यापार गरेको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल बिक्री भएको छ । त्यस्तै सोना चामल २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ ।

ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो । २४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ व्यापार भएको कार्यालयले उल्लेख गरेको छ । यस्तै, २१ दशमलव ५ क्विन्टल दाल बिक्री गरेका छन । दालबाट तीन लाख १३ हजार ५०५ रुपियाँ बराबरको व्यापार गरेको छ ।

चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ । खाद्यले चिनी प्रतिकिलोग्राम ११० रुपियाँ र दाल प्रतिकिलोग्राम १४५ रुपियाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal