आज :

अब आन्तरिक हवाई उडान पूर्णरुपमा संचालन हुने

काठमाडौँ । अबदेखि आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको छ ।

पूर्णरुपमा हवाई उडान सुरु गर्न अनुमति दिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आएको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिन थालेपछि बन्द गरिएको हवाई सेवा असार १७ गतेबाट ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो ।

यस्तै अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने भएको छ । क्यानका प्रवक्ता क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ वटा उडान गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal