आज :

इजरायलका नयाँ प्रधानमन्त्री रुससँग नजिक: पुटिनसँग फोनवार्ता, अमेरिकाको दास नबन्ने भनाई

काठमाडौँ । लामो समयदेखि अमेरिकासँग नजिक रहेको इजरायलका नयाँ प्रधानमन्त्री रुससँग नजिक हुने देखिएको छ । अमेरिकाको सहयोगी देशको रुपमा रहँदै आएको इजरायलमा हालै नयाँ प्रधानमन्त्री नियुक्त भएका थिए । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेटले रुससँग सम्बन्ध बढाउने प्रयासमा रहेका समाचार एजेन्सीहरुले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेनेटले र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् । बेनेटले पहिलो फोन वार्तामा साझा सुरक्षालगायतका विषयमा गम्भीर छलफल भएको बताइएको छ । फोन वार्ताबारे प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्ति जारी गरेर पहिलो फोन वार्ता भएको र महत्त्वपूर्ण विषयमा छलफल भएको बताएको छ ।

त्यर्सगरी फोन वार्तामा बेनेटले पुटिनसँग भेटको प्रस्ताव गरेका थिए । पुटिनले पनि बेनेटको प्रस्ताव स्वीकार गरेको बताइएको छ । पुटिन र बेनेटबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दुई नेताहरुबीच साझा सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल भएको हो । रूसले क्षेत्रीय स्थायित्व कायम गर्न तथा अपहरण र बेपत्ताका घटनामा सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । सन् १९९० को दशकदेखि इजरायलमा बसालिएका १० लाखभन्दा बढी रूसी यहुदीको भूमिकाबारे पनि छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटले बताएका छन् ।

भेटबाट उत्साहित भएका बेनेटले पुटिनले दुई देशबीचको पुलको रूपमा काम गर्ने विश्वास लिएका छन् ।

लामो समयदेखि सत्ता समालेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु जहिले पनि अमेरिकाको पिछलग्गु भएको आरोप खेप्दै आएका थिए । तर, केही संचारमाध्यमहरुले बेनेटले आफू अमेरिकाको दास नबन्ने बताएको समाचारमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal