आज :

१.८० अंकले घटेको बजारमा यी कम्पनीका शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं । साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकको गिरावट आएको छ ।आज नेप्से १.८० अंकले घटेर २ हजार ९ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ ।

बिहीवार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको व्यापारमा रू. १६ अर्ब १० करोड ४ लाख माथिको कारोबार भएको छ ।

सामान्य अंकले घटेको बजारमा जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने कारोबारको आधारमा आज हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी उच्च स्थानमा रहेको छ । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ८८ दशमलव ६५ अर्थात् २ दशमलव ९९ प्रतिशतले बढेको हो ।

त्यस्तै, विकास बैंकको २ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ५७ प्रतिशत, लगानीको १ दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७९ प्रतिशत र लघुवित्तको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ ।

आज १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस दिन मूल्य वृद्धि हुने कम्पनीहरुमा लिवर्टी ईनर्जी कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् । साथै पाँचथर पावरको शेयरमूल्यमा पनि वृद्धि आएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।यस दिन कम्पनीको शेयरमूल्य ४ दशमलव २५ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९ ले घटेर अन्तिम मूल्य रू. १ हजार ३३० कायम भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal