आज :

कोरोना कहरबीच जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उठान सुरु गर्ने सरकारको निर्णय

काठमाडौँ । कोरोना कहरबीच अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यही जेठ १८ गतेबाट केही देशहरुमा उडान भर्न अनुमति दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार तत्काल चीन, कतार र टर्कीमा हवाई उडान सुरु हुने भएको छ ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको बताए । उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नकै लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको मन्त्री ढकालले बताए ।

उडान बन्द हुँदा कुटनीतिक प्रयासहरूबाट कतिपय उडान हुने र त्यस्ता फ्लाइडबाट अनियमितता हुने भन्दै मन्त्री ढकालले त्यसलाई रोक्नलाई भएपनि चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित उडान गर्ने निर्णय भएको बताए ।

ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड–१९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने छ ।

कोरोनाको दोस्रो लहरसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal