आज :

जेठ १ गते विद्यार्थी दिवसः संगठनको गौरवपूर्ण इतिहास र समस्याग्रस्त वर्तमान

आज जेठ १ गते विद्यार्थी एकता एवम् विजय दिवश । ऐतिहासिक आवश्यकता बोध र पहलकमदीको दिन, निरंकुशताको पराजय र क्रान्तिकारिताको विजयको दिन ! यस अवसरमा सम्पूर्ण बिद्यार्थीहरुलगायत समस्त नेपाली जनसमुदायमा छैठौं विद्यार्थी एकता एवम विजय दिवशको हार्दिक शुभकामना व्यक्त गर्दछौ । यो गौरवपूर्ण दिनमा सर्वप्रथम नेपाली विद्यार्थी आन्दोलनका प्रथम सहिद गङ्गालाल श्रेष्ठ, महान दशवर्षे जनयुद्ध प्रथम सहिद दिलबहादुर रम्तेल, अखिल क्रान्तिकारीका तत्कालिन उपाध्यक्ष बेनोज अधिकारी, एकीकृत जनक्रान्तिका प्रथम सहिद सङगठनका तत्कालीन केस तथा सिटिईभिटी उपत्यका जिल्ला अध्यक्ष प्रज्वल शाहीलगायत देशको आमुल रुपान्तरणको निम्ति जीवनको उत्सर्ग गर्ने सम्पूर्ण शहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्र’द्धाञ्जली अर्पण गर्दछौ । सङ्गठनका तत्कालीन महासचिव पुर्ण पौडेल, विपिन भण्डारीलगायतका हजारौ बे’पत्ता योद्दाहरुको विशेष स्मरणसहित सम्मान प्रकट गर्दछौ । आजको दिनमा सहिद तथा बे’पत्ता योद्दाहरुको सपना मर्न नदिने प्रतिबाद्धता पनि ब्यक्त गर्दछौ ।

गौरवपूर्ण इतिहास

जागरण, दबाब र प्रतिपक्षीय आन्दोलनको पर्याय विद्यार्र्थी संगठन निरंकुश राणाशासनकै बीचमा ऐतिहासिक पहलकदमीसहित संगठित भएको देखिन्छ । जनताको वाक–स्वतन्त्रतामाथिको प्रतिबन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरुआत भएको विद्यार्थी आन्दोलन गौरवपूर्ण छ । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम १९९१ सालमा भारतको बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ गठन गरे । १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता, नेपालको पहिलो राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ का सदस्य गंगलाल श्रेष्ठलाई राणा शासकहरूले शोभा भगवतीमा झुण्ड्याएर फा’सी दिए । यसले परिवर्तनकारी युवा–विद्यार्थीहरूलाई राणा शासकहरूप्रति थप आक्रोशित बनायो । २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरूले ‘हिमाञ्चल विद्यार्थी संघ’ गठन गरे । राणाहरूको चरम दमनकारी नीतिले राणा शासनको अन्त्य गर्नुपर्ने महसुस सबैले गरेका थिए । त्यही बेला २००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम्’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुआत भयो । यसको मुख्य उद्देश्य राणा शासनका विरुद्ध संगठित रूपमा संघर्ष गर्नु थियो । राणाहरूको चरम दमनका कारण बाहिरी रूपमा शिक्षामा कर्मकाण्डबाहेक इतिहास, अर्थशास्त्र, भूगोललगायतका विषयहरू समावेश गर्नुपर्ने मागहरू राखेर संघर्ष चर्काइरहेको थियो ।

यही क्रममा २००४ साल मंसिर २२ गते संस्कृत छात्रवास काठमाडौंबाट राणा शासकहरूले ४३ जना विद्यार्थीहरू निष्काशन ग-यो । विद्यार्थीहरूले चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेड्रेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो । राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरूले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पुस २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षीय रूपमा राष्ट्रघाती दिल्ली सम्झौता गरे । उक्त धोेकापूर्ण दिल्ली सम्झौताको अ.ने.वि.फे.ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कात्तिक २० गते आन्दोलनको क्रममा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री विपी कोइरालाको आदेशमा विश्वनिकेतन हाईस्कुलमा अध्ययनरत १४ बर्षे विद्यार्थी चिनियाँकाजी श्रेष्ठको भूगोलपार्क काठमाडांैमा गो ली हानी ह.त्या गरियो । २०११ सालमा अ.ने.वि.फे.ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन ग-यो । उपत्यकामा क्रियाशील अन्तर–कलेज विद्यार्थी युनियन र अनेविफेबिच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेड्रेसन’ गठन गरियो । २०१९ सालमा डा. केशरजंग रायमाझी दरबारिया कम्युनिस्टमा पतन भइसकेपछि नेराविफेमा फुट आयो । नेराविफेको मूल प्रवाहले पनि क्रान्तिकारी छविलाई बिगार्दै रुसी संशोधनवादमा फस्न पुग्यो । क्रा’न्तिकारी विद्यार्थीहरूले रुसी संशोधनवादबाट मुक्त क्रान्तिकारी विद्यार्थी सठनको महसुस गरे ।

२०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर– कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धिहरू, खारेज गर्नुपर्नेे, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरू निःशर्त रिहाइ गर्नुपर्नेलगायतका माग राखी सशक्त संघर्ष गर्ने निर्णय गर्यो। सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसीयालीमा जेठ १ गते काठमाण्डौमा विशाल जुलुस गरियो । पञ्चायती सरकारले अत्तालिएर जुलुसमाथि बर्बर दमन गर्यो । सयौँ  विद्यार्थी गिर’फ्तार भए । कयौं विद्यार्थी र प्रहरीहरू घाइते भए । तत्पश्चात् विद्यार्थीहरू थप आन्दोलित बने । उपत्यकाव्यापी आम हड्ताल सुरु भएपछि पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र गिरफ्तार विद्यार्थीहरूको रिहाइलगायतका मागहरू पूरा गर्न बाध्य भयो । यसरी २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरिसकेपछि राजनितिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाव्यापी विद्यार्थीहरूको एकताको रूपमा दर्ज भएको दिनको सम्मानमा प्रत्येक वर्ष जेठ १ गते एकता तथा विजय दिवसको रूपमा मनाउने गरिन्छ ।

२०२२ जेठमा विष्णुमती किनाराको सुकुमबासी बस्तीमा उपत्यकाव्यापी विद्यार्थी भेलाले सुजन खरेलको संयोजकत्वमा ‘अखिल नेपाल सम्मेलन’ नामको नयाँ संगठन स्थापना भयो । विद्यार्थी संगठनको इतिहासमा २०२२ साललाई स्थापना वर्ष र उक्त सम्मेलनलाई प्रथम सम्मेलनको रूपमा लिइन्छ । प्रथम सम्मेलनपश्चात् संगठनले विद्यार्थी हकहितका साथै, भारतीय साम्राज्यवादद्वारा सुस्ता र महेशपुरमा गरिएको सीमा अतिक्रमणका विरुद्ध सं’घर्ष गरेको थियो । २०२५ जेठ ६ गते त्रिवि स्ववियुको आयोजनामा त्रिवि अडिटोरियम हलमा संगठनको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले विश्वकान्त मैनालीलाई संयोजक निर्वाचित गरी भारतीय चेकपोस्ट, असमान वाणिज्य तथा पारवहन सन्धिविरुद्ध संघर्ष ग-यो । २०२६ जेठ २०–२१ गते २५ जिल्लाका  २०२७ वैशाख ६ गते छुट्टै भेला गरी नेवि संघ गठन गरे ।

२०२९ असार ३–५ गतेप्रतिनिधिको सहभागितामा पाटनको लुखुसीमा गोविन्दमान श्रेष्ठको नेतृत्वमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले संगठनको नाम अनेरास्ववियु राख्ने निर्णय गर्यो । संगठनको स्पष्ट विधान र नीति र कार्यक्रम पास गरी साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र प्रतिक्रियावादविरुद्ध संघर्ष गर्ने अनि जनवादी शिक्षा प्रणाली स्थापना गर्ने स्पष्ट लक्ष्य राखेपछि प्रगतिशील विचारविरोधी समूहलेसम्म अनेरास्ववियुको चौंथो राष्ट्रिय सम्मेलन मुकुन्दबहादुर श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति चयन गरी सम्पन्न भयो । झापाली विद्यार्थीहरूले यो सम्मेलनको विरोध गर्दै बहिस्कार गरे । फासिस्ट पञ्चायती व्यवस्थाले संघ संस्था नियन्त्रण ऐन ल्याएर अनेरास्ववियुलाई प्रतिबन्ध लगायो । २०२८ सालमा पञ्चायतद्वारा लागु गरिएको नयाँ शिक्षा योजना जुन साम्राज्यवादद्वारा प्रयोगको लागि नेपाल पठाएको आयातीत औपनिवेशिक शिक्षा थियो । उक्त नयाँ शिक्षा योजनाको विरुद्ध २०२९ साल असोज २ गते जनकपुरमा आयोजित प्रदर्शनको क्रममा विद्यार्थीहरू कामेश्वर यादव र कुशेश्वर यादवको निर्मम हत्या भयो । २०३३ जेठ ९–१० गते सम्म भारतको अयोध्यामा संगठनको पाँचौँ  राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले निनु चापागाईंको अध्यक्ष्यतामा केन्द्रीय समिति चयन गर्यो । झापाली विद्यार्थीहरूले यो सम्मेलन पनि बहिष्कार गरे । विदेशी भूमिमा गरिएको सम्मेलनको विरोध गर्दै पुनः पाँचौँ  राष्ट्रिय सम्मेलन गरेको घोषणा गरी टंक कार्कीलाई नेता बनाए र अखिल ‘पाँचौँ’ का नामले चिनिन् थाले । अनेरास्ववियुले पाँचौँ राष्ट्रिय सम्मेलनपछि पञ्चायतलाई चुनौती दिँदै आन्दोलनको शंखघोष गर्यो । २०३५ चैत २२ गते पाकिस्तानी भूपूप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैन्य शासक ज्याउल हकद्वारा फा’सी दिएको विरोधमा पाकिस्तानी दुतावासलाई विरोधपत्र बुझाउने कार्यक्रमअन्तर्गत लैनचौरबाट पानी पोखरीतिर गएको विशाल विद्यार्थी जुलुस र पञ्चायती प्रहरीको बिचमा भिडन्त भयो । थुपै्र विद्यार्थी घाइते भए कैयौँ गिर’फ्तारीमा परे, जसले संघर्ष थप चर्कियो । स्ववियु खोल्ने अधिकारको बहाली, गिर’फ्तार विद्यार्थीको रिहाईलगायत २६ सूत्रीय माग राख्दै चैत २५ गतेबाट देशव्यापी शैक्षिक हड्ताल सुरु भयो ।

२०३६ वैशाख ९ गते अस्कल क्याम्पसमा आयोजित विरोध सभामा प्रहरी हस्तक्षेप भयो । प्रहरीले छात्रवास लुटपाट, छात्रवासको छतबाट विद्यार्थीहरू फाल्ने र गोली हान्ने काम गर्यो । यसमा तीनजना विद्यार्थीको शहादत भयो । पञ्चायती सत्ताको हत्या र दमनले संघर्ष थप पेचिलो बन्यो । संघर्षको बलबाट पञ्चायत देखावटी नै भए पनि छानबिनका लागि शाही आयोग गठन गर्न बाध्य बन्यो । केही विद्यार्थी नेताहरू शरणविक्रम मल्ल, कैलाश कार्की र बलबहादुर केसीले शाही आयोगसँग सम्झौता गरी आन्दोलन रोक्न आह्वान गरे । धोकेबाज कथित नेताहरूलाई आन्दोलनकारी विद्यार्थीहरूले मोसो दलेर ठेलागाडामा राखेर सहर घुमाए । यसमा पञ्चायतले दमन गर्यो । प्रतिरोधस्वरूप आरएनएसी र गोरखापत्र संस्थानमा आन्दोलनकारी विद्यार्थीहरूले आगो लगाए । संघर्ष गुणात्मक ढंगले बढ्दै गएपछि अन्ततः स्ववियु खोल्न पाउने अधिकार बहाली भयो । २०३६ जेठ १० गते पञ्चायत जनमत संग्रहको घोषणा गर्न बाध्य भयो । २०३६ भदौ २१–२३ सम्म ललितपुरमा अनेरास्ववियुको छैटौंँ राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले लिलामणि पौडेलको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गर्यो । २०३८ साल चैत १९–२१ सम्म भक्तपुरमा सातौं राष्ट्रिय सम्मेलन गरी पुनः लिलामणि पौडेललाई अध्यक्ष निर्वाचित गर्यो । यही बिचमा पाटी विभाजन भई नेकपा (मशाल) र नेकपा (चौम) बने, जसले विद्यार्थी संगठनमा पनि फुट आयो ।

मशाल निकट अखिलले २०४० चैत १९–२३ सम्म भारतको गोरखपुरमा आठौँ राष्ट्रिय सम्मेलन गरी देव गुरुबलाई अध्यक्ष निर्वाचित गर्यो र अनेरास्ववियु आठौँ  के.स.का नामले चिनिन थाल्यो । चौम निकट अखिलले पनि २०४० सालमै आठौँ राष्ट्रिय सम्मेलन गरी गिरिजामणि पोख्रेललाई अध्यक्ष बनायो र अनेरास्ववियु के.स.का नामले चिनिन थाल्यो । २०४२ सालमा मशाल निकट विद्यार्थी संगठनमा फेरि फुट आयो । मोटो मशाल निकट विद्यार्थी संगठनले २०४३ जेठमा भारतको गोरखपुरमा नवौँ राष्ट्रिय सम्मेलन गरी रमणकुमार श्रेष्ठलाई अध्यक्ष चयन गर्यो । यो संगठनलाई अनेरास्ववियु नवौँ के.स.को रूपमा चिनिन थालियो । पातलो मसाल निकट विद्यार्थी संगठनले पनि २०४३ सालमै नवौं राष्ट्रिय सम्मेलन गरी विनबहादुर कुँवरलाई अध्यक्ष बनायो । यसले अखिल ‘छैटौँ’ भनेर चिनाउन थाल्यो । २०४४ फागुनमा अनेरास्ववियु नवौँ के.स.ले दशौँ राष्ट्रिय सम्मेलन गरी भानु शर्मालाई अध्यक्ष चयन गर्यो र अखिल दशौँ के.स.को रूपमा चिनिन थाल्यो । उता अखिल छैटौंले २०४५ सालमा दशौँ राष्ट्रिय सम्मेलन गरी टोपबहादुर रायमाभीलाई अध्यक्ष बनायो । नेकपा (चौम) निकट अखिल के.स.ले २०४३ जेठमा नवौं छैटौं राष्ट्रिय सम्मेलन गरी पुनः गिरिराजमणि पोख्रेललाई अध्यक्ष छान्यो । त्यसपछि दशौँ  राष्ट्रिय सम्मेलन गरी प्रभुनारायण बस्नेतलाई अध्यक्ष बनाइयो ।

२०४५ चैत १० गते भारतले नेपालमा नाकाबन्दी गरेपछि विद्यार्थी संगठनले चैत १८ गते व्यापार र पारवाहन सन्धि छुट्टै हुनुपर्ने र नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय दुतावासमार्फत विरोधपत्र बुझायो । नाकाबन्दी र पञ्चायतको असक्षमताविरुद्ध चैत २१ गते विशाल ¥यालीपश्चात त्रिचन्द्र कलेजमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा प्रहरी हस्तक्षेप, अश्रुग्याँस र लाठीचार्ज भयो । सयौँ विद्यार्थीको गिरफ्तारी र आन्दोलनकारीको कडा प्रतिरोधपश्चात् पञ्चायतले राजधानीमा सभा–जुलुसमा प्रतिबन्ध र दुई महिनाका लागि क्याम्पसहरू बन्द गर्ने घोषणा ग¥यो । २०४६ माघबाट पञ्चायतविरुद्धको आन्दोलनमा क्रान्तिकारी कम्युिनस्टहरूको साझा मोर्चा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ सँगसँगै विद्यार्थी संगठनले अग्रमोर्चामा रही भूमिका खेल्यो । आन्दोलन चरमोत्कर्षमा पुगेको बेला २०४६ चैत २६ गते राती कांग्रेस र वाम मोर्चाका नेताहरूले राजासँग घुँडा टेके । गणतन्त्रको नारासहित उठेको जनआन्दोलनलाई कथित बहुदलीय व्यवस्थाको प्राप्ति र पञ्चायतको अन्त्यको नाटक मञ्चन गरी धोका दिए । उक्त षड्यन्त्रमूलक र धोकापूर्ण सम्झौताका विरुद्ध अखिल दशौँ के.स.लगाययतका विद्यार्थी संगठनहरू गणतन्त्रको मागसहित सडकमा उत्रिए । नेविसंघ, अनेरास्ववियु (पाँचौं) लगायतका संगठनले राजा, कांग्रेस र वाम मोर्चाबीचको सम्झौताप्रति समर्थन जनाउँदै विद्यार्थी आन्दोलनको चरित्र धुमिल्याउन पुगे । अनेरास्ववियु दशौँ के.स.ले २०४७ पुसमा भानु शर्माको संयोजकत्वमा ११ औँ राष्ट्रिय सम्मेलन तयारी समिति गठन गर्यो । अनेरास्ववियु के.स.ले पनि २०४७ सालमै प्रभुनारायण बस्नेतको संयोजकत्वमा एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति बनायो । छैटौंले २०४७ जेठमा एघारौं राष्ट्रिय सम्मेलन गरी परी थापालाई अध्यक्ष चयन गर्यो।

२०४६ सालको जनआन्दालेनपछि क्रान्तिकारी विद्यार्थी संगठनबीच एकता पैदा भयो । मशाल, नेकपा (चौम), मसाल निकट विद्यार्थी संगठन र नेक्रावि संघबीच २०४७ पुस २९ गते एकता घोषणा भयो । भानु शर्माको संयोजकत्वमा आयोजक समिति निर्माण गरियो र संगठनको नाम अनेरास्ववियु राख्ने निर्णय गरियो । २०४८ फागुन २३–२९ सम्म ललितपुर पाटनमा एकताको बाह्रौं राष्ट्रिय सम्मेलन गरी हितमान शाक्यको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरियो । २०५० पुस ५–६ गते हेटौँडामा संगठनको राष्ट्रिय भेला गरी संगठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) बनाइयो । २०५२ वैशाख १४–१८ गतेसम्म ललितपुरको पुल्चोकमा अनेरास्ववियु (क्रान्तिकारी) को तेह्रौँ राष्ट्रिय सम्मेलन गरी कृष्णध्वज खड्काको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरियो । २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा महान जनयुद्धको सुरु भयो । अनेरास्ववियु (क्रान्तिकारी) ले साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद र यथास्थितिवाद एवम् विविध खालका अवसरवादका विरुद्ध जनयुद्धलाई विनाकुनै हिच्किचावट निःस्वार्थ ढंगबाट समर्थन र सहयोग गर्ने निर्णय गर्यो । परिवर्तनका निम्ति बलिदानको कोटा चुक्ता गर्दै राज्यआतंकको दृढतापूर्वक प्रतिरोध गरी राष्ट्रिय स्वाधीनता, महंगो एवम् एकमुष्ठ भर्ना शुल्कका विरुद्धमा आन्दोलनको नेतृत्व गर्यो ।

२०५४ साल मंसिर १६–२० गतेसम्म कीर्तिपुरमा संगठनको १४ औँ राष्ट्रिय सम्मेलनले कृष्णध्वज खड्कालाई पुनः अध्यक्षमा चयन गर्दै सम्पन्न भयो । राज्यको व्यापक धरपकडका बीच २०५८ असोज ८–१४ गतेसम्म एकताको १५ औँ राष्ट्रिय सम्मेलन विराटनगरमा देवेन्द्र पराजुलीलाई अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भयो । उक्त सम्मेलनमा माले निकट अखिलबाट वि’द्रोह गरी कृष्ण केसी, हिमाल शर्माहरू क्रान्तिकारी धु्रवीकरणमा सामेल हुनुभयो । २०५८ मंसिर ११ गते देउवा सरकारले अनेरास्ववियु (क्रा’न्तिकारी) लगायत अन्य जवसलाई आतं’ककारीको आरोप लगाउँदै प्रतिबन्ध र संकटकालको घोषणा गर्यो । २०५८ फागुन २२ गते संगठनका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारीलाई गिरफ्तार गरी फागुन २४ गते ह’त्या गर्यो । २०५९ वैशाख १३ गते संगठनका महासचिव पूर्ण पौडेललगायतका विद्यार्थी नेताहरूलाई काठमाडौंबाट गिरफ्तार गरी बेपत्ता पार्यो। प्रतिबन्धको बीचमा संगठनले गरेका ठूल्ठूला संघर्षका कार्यक्रमले सरकार झुक्न बाध्य भयो । बे’पत्ता पारिएका नेता कार्यकर्ता सार्वजनिक गर्ने, मावि शिक्षा निःशुल्क गर्ने, प्रविणता प्रमाणपत्र तह (१० जोड २) मा सरकारी लगानी बढाउनेलगायतका विषयमा शिक्षा मन्त्रालयसँग विभिन्न चरणमा सम्झौताहरू भए, जो आजसम्म पनि कार्यान्वयन भएका छैनन् । २०६० साल असार २०–२३ गतेसम्म संगठनको सोह्रौं राष्ट्रिय सम्मेलन काठमाडाँैमा सम्पन्न भयो । सम्मेलनले लेखनाथ न्यौपानेलाई अध्यक्ष निर्वाचित गर्यो । संगठनले गरेको संघर्षको बलमा पुरानो सत्ता संगठनमाथिको आतं’ककारीको आरोप फिर्ता लिन बाध्य भयो । २०६३ असोज २–५ गते काठमाडौंमा सम्पन्न संगठनको सत्रौं राष्ट्रिय सम्मेलनले पुनः लेखनाथ न्यौपानेलाई अध्यक्ष चुन्यो । २०६७ मंसिर २५–२८ गते सम्म काठमाडौमा सम्पन्न संगठनको १८ आँै राष्ट्रिय सम्मेलनले हिमाल शर्माको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गर्यो ।

प्रचण्ड–बाबुरामहरूको धोकाधडी, वर्गउत्थान, र नवशंसोधनवादमा पतन भइसकेपछि २०६९ असारमा पार्टी विभाजन भयो । परिवर्तनकारी, क्रान्तिकारी विद्यार्थीहरू शरद रसाइलीको नेतृत्वमा गोलबन्द भए । २०६९ असोज १६–१९ सम्म काठमाडौंमा १९औँ राष्ट्रिय सम्मेलनबाट शरद रसाइली अध्यक्ष निर्वाचित हुनुभयो । संगठनले स्कुल, कलेजको विदेशी नाम हटाउने, विदेशी विद्यार्थी नभएका कलेजहरूले, इन्टरनेसनल लेख्न नपाउने, छात्रवृत्ति वृद्धि गर्ने, छात्रवृत्ति पाएका विद्यार्थीहरूले अन्य कुनै शीर्षकमा शुल्क लिन नपाउने गरी सम्झौता गर्न सफल भयो । पुनः नेकपा–माओवादी २०७१ मंसिर ८ मा विभाजन भएपछि वैद्य निकट अखिल (क्रा’न्तिकारी) ले २०७२ चैत २०–२३ गते सम्म २० औं राष्ट्रिय सम्मेलन गरी सुरेश गौतमलाई अध्यक्ष निर्वाचित गर्यो । अकर्मण्यता र संकीर्णताबाट माथि उठ्दै क्रान्तिकारी युवा–विद्यार्थीहरूले चितवनमा २० औँ राष्ट्रिय सम्मेलन गरी पूर्णबहादुर सिंहको अध्यक्षतामा केन्द्रीय समिति चयन गरे । २०७४ फागुन २७–२९ गते सम्म दाबमा २१ औं राष्ट्रिय सम्मेलन गरी चिरञ्जीवी ढकाललाई अध्यक्ष बन्ने अवसर प्राप्त भयो ।

समस्याग्रस्त वर्तमान

राजनीतिक दल र संघ–संस्थाहरू खोल्न प्रतिबन्ध गरिएको बेला भीषण प्रतिरोधको जगबाट स्थापना भएको विद्यार्थी संगठनको गौरवपूर्ण इतिहास आजको दिनसम्म आउँदा समस्याग्रस्त देखिन्छ । कुनै समयमा राजनीतिक पार्टीहरूले खेल्न नसकेको भूमिका निर्वाह गरी असंख्य राजनीतिक नेता–कार्यकर्ता जन्माएको विद्यार्थी आन्दोलनले जनयुद्धमा राष्ट्रका लागि बलिदानको सगरमाथा खडा गर्यो । निजी शिक्षा प्रणालीका विरुद्ध शक्तिशाली आँधीबेहरी सिर्जना गर्यो । परिणामस्वरूप संविधानमै सीमित भए पनि शिक्षा आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र मावि तहसम्म अनिवार्य हुन पुगेको छ । शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गर्न संविधान बाध्य भएको छ । जनताले रुचाएको निकै स्थापित विद्यार्थी आन्दोलन पार्टीका नेता र विद्यार्थी नेताहरूको व्यक्तिगत स्वार्थको परिबन्धमा परेर अलोकप्रिय र आलोचित बन्दै गएको छ ।

क्रा’न्तिकारी कहलिएका विद्यार्थी संगठन र नेताहरूसमेत शैक्षिक आन्दोलन आर्थिक लेनदेनमा टुंग्याउने, विद्यार्थीका समस्या बुझ्नेभन्दा चन्दा कमिसनतिर केन्द्रित हुने प्रवृत्ति बढ्दो छ । विद्यार्थी नेताहरू विद्यार्थीहरूलाई स्कूल, कलेजहरूमा भर्ना गरिदिने र कमिसन लिने घृणित कार्य गरिरहेका छन् । संगठनलाई रचनात्मक काममा लगाउनेभन्दा पनि इमानदार नेता तथा कार्यकर्ताहरूलाई बाइपास गर्ने र रचनात्मक चेतबाट च्युत भएका हरिलट्ठकहरूको झुण्ड तयार गरी अर्थकेन्द्रित हुने परिपाटी बढ्दो छ । क्रान्तिकारी अभिनय गरी पार्टीका नेताहरूलाई प्रभावमा पार्ने र त्यसको आडमा सांगठानिक विधि पद्धतिभन्दा माथि रही आफ्नो दुनो सोझ्याउने र पाखा लाग्ने प्रवृत्तिदेखि सजग हुनुपर्ने देखिन्छ ।

संगठनका सदस्यहरूबाट लेबी नउठाउने, शैक्षिक माफियाहरूसँग चन्दा उठाउने कार्यले शैक्षिक मुद्दाहरू ओझेलमा पर्ने गरेका छन् । विद्यार्थी नेताहरू क्रान्तिकारी शक्तिहरूसँगको साँठगाँठ भन्दा संशोधनवादी, प्रतिगामी तत्वहरूसँग कुम जोडिरहेका छन् । सांगठानिक मूल्य, मान्यता र नैतिकताको प्रश्नलाई बिर्सेर अस्वाभाविक तथा अप्राकृतिक सम्बन्ध जोडिरहेका छन्, जसले कुनै बेला राजनीतिक आन्दोलनको नेतृत्व गरेको विद्यार्थी आन्दोलन कोमामा पुगेको स्थिति देखिन्छ । तसर्थ, हाम्रो संगठन अखिल (क्रा’न्तिकारी) ले संगठनको गर्विलो इतिहासमाथि धब्बा लगाउने सबैखाले खराब प्रवृत्तिका विरुद्ध सं’घर्ष गर्दै ऐतिहासिक आवश्यकतालाई पूर्ति गर्नेगरी आन्दोलनको नेतृत्व गर्नुपर्दछ । आज नेपालमा एकहदसम्म सबैले पढ्न पाएका छन् तर शिक्षा असमान छ, प्रतिस्पर्धा समान छ । जसले गरिब जनताका छोराछोरीहरू सधैँ रैती बन्ने निश्चित छ । तसर्थ, विद्यार्थी संगठनको ओजलाई फेरि शिखरमा पु-याउनेगरी संविधानमा सीमित अनिवार्य तथा निःशुल्क शिक्षालाई सार्थक बनाउन, समान र वैज्ञानिक समाजवादी शिक्षा लागु गर्न हाम्रा पहलकदमीहरू केन्द्रित गर्नुपर्दछ ।

  • लेखकः विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal