आज :

प्रधानन्यायाधीश राणाको कोटाबाट ‘बला त्कारी सिद्धबाबा’ छाड्ने न्यायाधीश कोइराला बढुवा

काठमाडौं । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । सो बैठकले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बला त्कार मुद्दामा सफाई दिने अर्जुनप्रसाद कोइरालालाई उच्च अदालतको न्यायाधिशमा बढुवा गरेको छ । सो नियुक्ति प्रक्रियाको चोतर्फि विरोध सुरु भएको छ । नियुक्ति सिफारिस भएकै दिन न्यायपरिषद सदस्य वरिष्ठतम न्यायधीश दिपकुमार कार्कीले कोइरालाको नियुक्तप्रति आफ्नो असहमति ‘नोट अफ डिसेन्ट’ दायर गरेका छन् ।

नेपाल बारले हालै सर्बोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ‘विकृति विहिन न्यायालय’ बारे अध्ययन गर्ने समितिले प्रतिवेदन नआउन्जेल जिल्लादेखि सर्बोच्चसम्म न्यायाधीश नियुक्ति प्रक्रिया अगाडी नबढाउन न्याय परिषदलाई सुझावसमेत दिएको थियो ।
विगतमा पनि न्यायाधीश नियुक्ति प्रक्रियामा व्यापक अनियमितता भएको र त्यसमा प्रश्नहरु पनि उठिरहेका थिए, यसपटकको न्यायाधीश नियुक्तिमा पनि गंभिर विवाद देखिएको साथै अनियमितता भएको भन्ने स्वयम कानुनविदहरु बताउँछन् ।

न्यायपरिषदले नियुक्त गरेका २० जना न्यायाधीशहरुमध्ये २ जना सर्बोच्च अदालत र १८ जना उच्च अदालतको न्यायाधीका लागि सिफारिस भएका हुन् । तिनीहरुमध्ये ७ जना जिल्ला न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरिएको छ । उनीहरुमध्ये तत्कालिन सुनसरी जिल्लाका जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइराला प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको कोटाबाट सिफारिष हुनुले न्यायलयमा अझ बढी तरंग पैदा भएको पाइन्छ । विवादास्पद न्यायाधीश कोइरालालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सिफारिस गरेको छ ।

तत्कालिन सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश कोइरालाले २०७६ पुष १० गते सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको ब लात्कार मुद्धालाई आफ्नो इजलासको पहिलो नम्बरमा तोकी ३ लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । सरकारी वकिलले निजको उक्त बेरितको आदेश बदर गरिपाउँ भनि उच्च अदालत विराठनगर गएपछि उच्च अदालतले जिल्ला अदालत सुनसरीको आदेश बदर गरी गिरीलाई थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई चुनौति दिदै गिरी सर्बोच्च अदालत आएका थिए, सर्बोच्चले पनि उच्च अदालतकै आदेश मिलेकै देखिको भनि गिरीलाई थुनामा राख्ने आदेश सदर गरिदिएको थियो ।

सर्बोच्चको आदेश आएको दुई हप्ता वित्न नपाउँदै सुनसरी जिल्ला अदालतबाट सिद्धबाबालाई न्यायाधीश कोइरालाले विधि र प्रक्रिया मिचि हठातमा फैसला गरी सफाई दिएका थिए । ‘सिद्धबाबाले महिलासँग सम्बन्ध राखे पनि त्यो ब लात्कार नभई महिलाले नै मोहित भएर आफ्नो शरीर समर्पण गरेको’ भन्ने आधारमा सफाइ दिएका थिए । सरकारी पक्षको बहससमेत नसुनी उनले एकतर्फी फैसला गरेपछि न्यायपरिषदमा उनी विरुद्ध उजुरी परेको थियो, सोको आगामी ०७८ असारमा न्याय परिषदाम सुनुवाई हँदै छ ।

यसरी गिरीलाई कानुनी प्रक्रिया र विधि मिचि सफाई दिने फैसला गर्ने न्यायाधीश कोइरालालाई न्याय परिषदले पुरस्कृत गरि उच्च अदालतमा बढुवा गरेकोप्रति न्यायालयमा खैलाबैला मच्चिएको छ । यसरी कोइराला बलात्कारी सिद्धबाबालाई सफाइ दिने न्यायाधीशकोरुपमा आम जनताको मनसपटलमा नकारात्मक पात्रकारुपमा स्थापित भएका छन् ।

कोइराला यसअघि पनि सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न सहजीकरण गरेको आरोपमा छानबिनमा तानिएका न्यायाधीश हुन् । नक्कली कागजपत्रका आधारमा अदालतमा मुद्दा दर्ता गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न उनले सघाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको थियो । कोइरालाको समेत गल्ती देखिएपछि आयोगले ०७५ को जेठमा उनलाई कारबाही गर्न न्याय परिषदमा सिफारिस गरेको थियो । यस्ता विवादास्पद छवि भएका व्यक्तिलाई न्यायलयको नेतृत्वले सिफारिस गर्नु र न्याय परिषदले आँखा चिम्म गरेर नियुक्तिको सिफारिस गर्नुले संवैधानीक निकायको स्वच्छ र निस्पक्ष छवि नरहेको कुरालाई यस पटकको निर्णयले थप पुष्टि गरेको कानुन विदहरु बताउँछन् ।

  • फोटोः फाइल

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal