
काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको नियन्त्रणमा आउन सकेको छैन । मंगलबार विहान करिब ९ बजेतिर लागेको आगो दिउँसो १३ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाका अनुसार आगलागीबाट स्थानीयका ४० घर जलेर नष्ट भएका छन् । आगो निभाउने प्रयास जारी रहेको छ । ताप्लेजुङ नगरपालिकाको दमकलसहित स्थानीय र प्रहरी लागिरहेका छन् । दोभान पुग्न ताप्लेजुङबाट गाडीमा करिब एक घण्टा लाग्छ ।
आगलागीको कारण खुलेको छैन । काठले बनेका कच्ची घरहरु भएकोले धेरै क्षति भएको बताइएको छ । आगो नियन्त्रणमा आएकोले लाखौंको क्षति भएपनि एकिन हुन सकेको छैन ।