आज :

नेपालमा आजबाट कोरोना खोप लगाउन सुरुः भवितव्य भए सरकारले जिम्मा नलिने, सर्तनामा गराए खोप दिने

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुन लागेको छ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप आजबाट लगाउन लागिएको हो । स्वावथ्य तथा जनसंख्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिन थालिएको छ । मन्त्रायले जनाएको छ ।

खोपको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनु हुने भएका छन् । बिहान १० बजे शुरु हुने खोप अभियान अन्तर्गत आफूले पहिलो खोप लगाउने डाक्टर राजभण्डारीले जानकारी दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा राजभण्डारीले खोप लगाउदै छन् ।

खोप अभियान १० दिनसम्म चल्नेछ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट माघ ८ गते नेपाल पुगेको १० लाख डोज खोप पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ । कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।

यसैबीच सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने बताएको छ । खोप लगाउने व्यक्तिले भवितव्य परी केही भएमा स्वयं जिम्मेवार हुने सर्तनामा गर्नुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन ।

खोपबाट कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली खोप केन्द्रमै तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य उपचारको व्यवस्था भने सरकारले नै गरिदिने छ ।

कोरोना खोप बायाँ पाखुरामा लगाइन्छ । यसको साइट इफेक्ट देखिए सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता लक्ष्ण देखिने बताइएको छ ।

त्यसैगरी १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।

यही खोप लगाएका भारतमा स्वास्थ्यकर्मीसहित दर्जनौंको ज्यान गइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । भारतले विकास गरेको यो खोप ७० प्रतिशत मात्रै सुरक्षित मानिएको छ । खोपले अन्तर्राष्ट्रय मापदण्ड पूरा नगरेको भन्दै आलोचना समेत भइरहेको छ ।

  • फाइल तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal