आज :

बाइबलको नाममा बाइडनले लिए शपथ, ट्रम्पका विवादित नीति उल्ट्याउन सुरु

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनले एक भव्य समारोहबीच शपथ लिएका छन् । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा डेमोक्रेट नेता बाइडनले निर्वाचित भएका थिए । उनले बुधबार राति राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडनले राष्ट्रपतिको शपथ लिएका थिए ।

बाइडनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध ७८ वर्षीय बाइडनको शपथ समारोहलाई ध्यामा राखेर कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

यसैगरी, उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि शपथ लिएको छन् । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला हुन् ।

बाइडनले पदभार ग्रहण गरेलगत्तै ट्रम्पका विवादित निर्णय उल्ट्यान कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जलवायु सम्झौताबाट पछि हट्ने ट्रम्पको निकै विवादित निर्णय बाइडनले खारेज गरेका छन् । सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गर्ने बाइडनले कार्यकारी आदेश जारी गरेका छन् ।

त्यसैगरी आप्रवासनको विषयमा ट्रम्पका दुई विवादित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुको साथै बाइडनले मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणबारे ट्रम्प प्रशासनको लापरवाहीलाई पनि बाइडनले सच्याउँदै एकीकृतरुपमा कोरोनासँग लड्ने बाइडनले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने ट्रम्पको कदमलाई पनि बाइडनले खारेज गरेका छन् । भाइरस विज्ञ डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधिको रुपमा पठाउने लागिएको छ ।

कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना र आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गर्ने बाइडनले घोषणा गरेका छन् ।

बाइडनले सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने दोहोर्याएका छन् ।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ समारोह बहिस्कार गरेका थिए । तर उपराष्ट्रपति माइक पेन्स भने सहभागी भएका थिए । ट्रम्पलाई  शपथ समारोह हुनु केही घण्टा पहिले हेलिकोप्टरमा बिदाई गरिएको थियो ।

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा बाइडेनले ३०६  इलेक्टोरल कलेज मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । चुनावी परिणामलाई अस्वीकार गर्दै आएका ट्रम्पले २३२ मा सिमित हुँदै पराजित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal