आज :

ट्रम्पको अन्तिम सम्बोधनः चीनको सामना गर्न सहयोग गर्यौं, नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति… 

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जाँदाजाँदै आफू सफल भएको दाबी गरेका छन् । उनले चीनको सामना गर्न सहयोगी गठबन्धनलाई सहयोग गरेको र मध्यपूर्वमा शान्ति कायम गर्न सफल भएको बताएका छन् । ट्रम्पले नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाउँदा गौरव लागेको समेत बताएका छन् ।

सामाजिक संजाल प्रयोग गर्नबाट बञ्चित ट्रम्पले भिडियोमार्फत अन्तिम सम्बोधन गरेका छन् । उक्त भिडियो सबै संचारमाध्यमहरुलाई पठाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ट्रम्पले अमेरिकामा सरकार जनताप्रति जबाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गरेको दाबी गरेका छन् ।

घरेलु नीतिबारे बोल्दै ट्रम्पले आफ्ना एजेन्डा दक्षिणपन्थी वा वामपन्थी नभएको बताउँदै रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन र सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही गरेको बताए ।

ट्रम्पले चीनसँगको सम्बन्धबारे पनि बोलेका छन् । “हामीले हाम्रा सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गर्‍यौँ। हाम्रो बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गर्न सक्यौँ” ट्रम्पले भने ।

चुनावको सुरुदेखि परिणाम अउनसम्म पनि नयाँ राष्ट्रपति जो बाइडनप्रति निकै आक्रामक देखिएका ट्रम्पले अन्तिम सम्बोधनमा भने शुभकामना दिएका छन् । “हामी (नयाँ प्रशासन)ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ” ट्रम्पले भने ।

उनले सत्ताको बागडोर सुम्पेसँगै आफूले थालेको आन्दोलन सुरु हुने समेत बताए । ट्रम्पले अमेरिका कातर राष्ट्र नभएको भन्दै भने, “अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal