आज :

ट्रम्पविरुद्ध पेस भएको महाभियोगमाथि मतदानको प्रक्रिया तयारी

काठमाडौं । विदा हुन ८ दिन मात्र बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेश भएको महाभियोग अगाडि बढाउने गृहकार्य सुरु भएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस गरेको हो । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिं.सा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संशोधनबाट पदबाट नहटाए महाभियोग लगाउने चेतावनी दिँदै आएको थियो । संविधानअनुसार ट्रम्पलाई उपराष्ट्रपतिले बर्खास्त गर्न सक्छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ ।

अमेरिकी संविधानबमोजिम ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मकतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ ।

संसद्‍मा भएको आक्रमणका लागि मुख्य जिम्मेवार रहेको भन्दै डेमोक्रेटहरूले ट्रम्पलाई पदबाट हटाउन चाहेका हुन् । उपराष्ट्रपति पेन्सले ट्रम्प राष्ट्रपति पदमा रहिरहन अयोग्य रहेको घोषणा गर्नुपर्ने डेमोक्रेटहरूको माग छ ।

उपराष्ट्रपति पेन्सले भने उक्त आग्रह अस्वीकार गर्ने बताएका जनाइएको छ । पेन्सले राष्ट्रपति ट्रम्पको कार्यकाल केही दिन मात्रै बाँकी रहेको र २५औं संशोधनअनुसार हटाउँदा त्यसको परिणाम नराम्रो हुन सक्ने बताउँदै आएका छन् । उनले विश्वलाई अहिले पनि अमरिकी सरकार पूर्ण रुपमा सञ्चालन भइरहेको छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । पेन्सले राष्ट्रपति हटाउने घोषणा गरेको खण्डमा संसद्मा ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्तावमाथि हाउस अफ रेप्रिजेन्टेटिभ्समा मतदान हुनेछ ।

डेमोक्रेटिक पार्टीका नेताहरुले भने आज (मंगलबार) महाभियोगमाथि मतदान हुने बताएका छन् । सभामुख नै महाभियोगको पक्षमा भएकोले द्रुत गतिमा प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

यदि महाभियोगको प्रक्रिया अगाडि बढे अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्न ट्रम्प पहिलो राष्ट्रपति हुनेछन् । यसअघिको महाभियोगको पक्षमा दुई तिहाई सांसद नपुगेपछि फेल भएको थियो । अहिले ट्रम्पकै पार्टीका सांसदहरु पनि महाभियोगको पक्षमा रहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal