आज :

नयाँ वर्षसँगै चिनियाँ राष्ट्रपति सीले सेनालाई दिए यस्तो आदेश, अमेरिका र भारत चिन्तित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले सेनालाई यु.द्धका लागि तयार रहन आदेश दिएका छन् । सीमा क्षेत्रमा भारतसँगको विवाद, ताइवान र हङकङमा पश्चिमाहरुको स्वार्थलाई संकेत गर्दै सीले सेनालाई नयाँ आदेश दिएका छन्।

राष्ट्रपति सीले नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई पूर्णकालिन यु.द्धका लागि तत्पर रहन आदेश दिएका हुन् । यद्यपि, यस्तो युद्ध कोसँग कहिले हुनेछ वा हुनसक्छ भन्नेमा भने उहाँले कुनै इशारा गर्नुभएन । जबकी गएको वर्ष २०२० मा चीनले छिमेकी भारतसँग सीमावर्ती क्षेत्रमा निकै नै सास्तीपूर्ण संघर्ष व्यहोर्नुपरेको थियो ।

चिनियाँ सेनाले सैन्य मार्च पनि गरेको छ । दक्षिणी चिनियाँ सागरमा अमेरिकाको घुसपैठका कारण  राष्ट्रपति सी आक्रोसित भएका छन् । उनको नयाँ आदेशसँगै चिनियाँ सेना यु.द्धको तयारीमा रहेको बताएको छ ।

चिनियाँ सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले सैन्य क्षमता चमकाउनका लागि अग्रदस्ताको घर्षण उपयोग गर्नैपर्नेमा जोड दिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) कुनैपनि समय कामका लागि तयार हुनुपर्ने भन्दै उहाँले सैन्य क्षेत्रमा उच्च प्रविधि, नयाँ ज्ञान, इन्टरनेट प्रयोगको क्षमता राख्न पनि आदेश दिएको भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal