आज :

युरेनियमलाई २० प्रतिशत शुद्ध पार्न इरानी राष्ट्रपति रुहानीको आदेश

काठमाडौँ । इरानी राष्ट्रपति हसन रुहानीले युरेनियमलाई २० प्रतिशत शुद्ध पार्न निर्देशन दिएका छन् । नयाँ कानुनअनुसार शान्तिपूर्ण उद्देश्यका लागि पुनः युरेनियमलाई शुद्ध पार्ने काम थालिएको इरानी सरकारका प्रवक्ता अलि राबेईले सञ्चारमाध्यमहरूलाई जानकारी दिएका छन् ।
प्रवक्ता राबेईका अनुसार युरेनियमलाई २० प्रतिशत शुद्ध पार्ने काम फोर्दो केन्द्रमा सुरु भएको छ । २० प्रतिशत शुद्ध गरिएको युरेनियम हरेक वर्ष १२० किलो भण्डारण गर्नुपर्ने हुन्छ ।

गत नोभेम्बर अन्त्यमा इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले ह त्या भएपछि इरानको संसदले नयाँ कानुन पारित गरेको थियो । उक्त ह.त्याका लागि इरानी नेताहरूले इजरेललाई आरोपित गर्ने गरेका छन् ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको बताइरहँदा अमेरिका, युरोपियन युनियन, इजरेयललगायतका देशहरुले विरोध जनाएका छन् ।

यो सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको परमाणु सम्झौता अमेरिकाले उलंघन गर्दै गएपछि इरानले यो कदम उठाएको हो । शुद्ध पारिएको युरेनियम रियक्टर इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यो परमाणु ब म बनाउन पनि प्रयोग हुने बताइको छ । हतियार बनाउन प्रयोग हुने युरेनियम ९० प्रतिशत शुद्ध हुनुपर्छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिएको घोषणासँगै परमाणु सम्झौताको आचित्य समाप्त भइसकेको थियो । अमेरिका उक्त सम्झौताबाट पछि हट्ने र उच्च अधिकारीको ह.त्या हुन थालेपछि इरानी आक्रोसित हुँदै आएको थियो । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले मारिएसँगै इरानको संसदले नयाँ कानुन पारित गरेको थियो ।

यसैबीच इरानको रिभोलुसनरी गार्डस्ले एउटा दक्षिण कोरियाली ध्वजायुक्त रसायन बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । कोरियाली ट्यांकरले बारम्बार समुद्री पर्यावरण कानुन उल्लङ्घन गरेकाले नियन्त्रणमा लिएको इरानी अधिकारीले जनाएका छन् ।

ट्यांकर नियन्त्रणमा लिएको स्वीकार गर्दै दक्षिण कोरियाको विदेश मन्त्रालयले उक्त ट्याङ्कलाई तत्कालै छाड्न माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal