काठमाडौं । संचार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार उत्तरदायी हुनुपर्ने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५ औं वार्षिक साधारण सभामा बोल्दै संचारमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले भने, ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनपर्यो । के मा रेस्पोन्सिभ हुनुपर्यो भन्दा दुध किसानहरुको वर्षैदेखिको भुक्तानीको समस्या छ , त्यसमा सरकार रेस्पोन्सिभ हुनुपर्यो भनेर अघिल्लो पटक हामीले ६० करोड दशैं अघि सरकार रेसपोन्सिभ छ हैं भनेर छुट्टयायौं । त्यो पर्याप्त थिएन । उखु किसानहरुको जहिलेको समस्या छ । सरकार रेस्पोन्सिभ नै छैन । ’
संचारमन्त्री गुरुङले नीतिहरु अपडेट हुन नसकेको समस्या रहेको बताए । उनले भने, ‘ सरकारको पोलिसीहरु अपडेट हुन नसकेको समस्या छ । एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा असमझदारी छ । एउटाले अर्कोलाई कम्पिटीर जस्तो ठान्ने प्रवृति छ ।’