आज :

सपथ ग्रहणलगत्तै पुटिनसँग भेट्दै ट्रम्प, युक्रेन युद्धबारे छलफल हुने

  • अनलाइन डबली

काठमाडाैँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ ।

संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने बताएका हुन । तर, रिपब्लिकन नेता ट्रम्पले दुई नेताबीच वार्ताको कुनै समयसीमा भने अहिले तय नभइसकेको जनाए ।

‘उनी भेट्न चाहन्छन् र हामी यसका लागि समय तय गर्दैछौं,’ ट्रम्पले  फ्लोरिडाको पाम बीचको मार ए लागोमा रिपब्लिकन गभर्नरसँगको बैठक अघि जानकारी दिदैँ भने।

‘राष्ट्रपति पुटिन मसँग भेट्न चाहन्छन्, पुटिनले सार्वजनिक रूपमा नै भनेका छन कि हामीले त्यो युद्धलाई समाप्त गर्नुपर्छ,’ ट्रम्पले रूस–युक्रेन युद्धको बारेमा भने।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका थिए कि पुटिनले सम्पर्कको लागि ट्रम्पको इच्छालाई स्वागत गर्नेछन् तर अहिलेसम्म कुनै औपचारिक अनुरोध भने गरिएको छैन। पेस्कोभले भने, ‘ट्रम्पले पहिले पदभार ग्रहण गरून, त्यसपछि उपयु्क्त समय तय गरिनेछ ।’

युक्रेनमा शान्ति ल्याउने आफ्नो अभियानको क्रममा ट्रम्पले प्रतिबद्दता गरिसकेका छन । फेब्रुअरी २०२२ मा सुरू भएको रूसको पूर्ण मात्रामा आक्रमण झण्डै ३ वर्ष देखी जारी रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले पदभार ग्रहण गर्नु भन्दा डेढ हप्ता अघि पुटिनलाई भेट्ने बारे आफ्नो बयान दिए पछि सो क्षेत्रमा शान्ति स्थापना हुने बिश्वास गरिएको छ ।

पदभार तथा सपथ ग्रहण लगत्तै दुवै विश्व नेता बिच भेटबार्ता हुने प्रवल सम्भावना रहे पनि मिति र स्थान भने अझै तय भएको छैन । यद्दपी, पदभार ग्रहण पछि सो मिति तय हुने ट्रम्प निकटहरूले जनाएका छन् ।

युक्रेनमा युद्द विराम गराउने चुनावी एजेण्डअनुसार ट्रम्पले पुटिनसँग भेट्न चाहेकाे र साेही विषयमा कुराकानी हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal