आज :

कन्या कुमारी पुजा सम्पन्न

  • अनलाइन डबली

 

नेवार परम्परा अनुसार ईहि अर्थात बेलबिबाह नगरेका एक सय ३८ जना कन्या कुमारीहरुको पुजा सम्पन्न भएको छ । कामपा १२ वडा ह्यूमतमा रहेको ह्यूमत महिला समूहको आयोजना तेस्रो पटक आयोजना गरेको पुजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पुजाअर्चना गरिएको थियो । सर्वप्रथम बसन्तपुर स्थित राजकीय कुमारीको पुजा पश्चात पुजा सुरु गरिएको थियो ।

पुजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो । पुजामा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रमुख आतिथिका रुपमा रहनु भइ पुजाअर्चना गर्नुभएको थियो भने कार्यक्रममा साँखु नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, कामपा १२ वडा अध्यक्ष बालकृष्ण महर्जन, ज्यापु महागुथि, येँ महानगरसमितिका अध्यक्ष पञ्चनारायण महर्जन, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल महर्जन विशेष आथितिका रुपमा उपस्थित भइ कन्याहरुको पुजा गर्नुभएको थियो ।

पुजामा उपस्थित कन्याहरुको आफन्तबाट समेत दक्षिणा सहित बालिकाहरुका लागि आवश्यक सामग्री चढाइ पुजा गरेका थिए । ह्यूमत महिला समूहले जीवित कुमारी संस्कृति संरक्षण र विकास गर्दै जाने क्रममा कन्या कुमारीको पुजा तेस्रो पटक आयोजना गरेको अध्यक्ष मचानानी महर्जनले जानकारी गराउनु भयो । उहाँका अनुसार यस पुजा लगतै लोक भएका स्थान काठमाडौंको क्वाबहाल, मूबहाल, चावहिल र पनौतीमा विराजमान भइसक्नु भएका पूर्व कुमारीहरुको समेत लगत संकलन गरी सम्मान र पुजाका लागि कार्य अगाडी बढाइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal