काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ । उनले आफ्नो श्रीमानसँग क्षमा समेत मागेकी छन् ।
कमला शनिबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेकी हुन् । कमलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीले घट्नास्थलबाट सुसाइड नोट भेटाएको छ । कमलाले श्रीमानसँग क्षमा माग्दै ‘सरी बुढा’ लेखेकी प्रहरीले बताएको छ । त्यस्तै, कमलाले आफूले श्रीमानलाई सहयोग गर्न नसकेको बताउँदै बाच्नुको कुनै अर्थ नभउको भन्दै ‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन, म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो । यो सबै मेरै कारण भएको हो’ कमलाले लेखेकी छन् ।
प्रहरीका अनुसार कमला दम्पति कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेर बस्दै आएका थिए ।
प्रहरीका अनुसार कमला बा. ३५ प ५८१८ नम्बरको स्कुटरमा मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केर आफैले आगो लगाएका थिइन् ।