आज :

गृहजिल्लामा बादलविरुद्ध कालो बेलुनः ‘बादल लाल गद्धार’

चितवन । गृहजिल्लामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध कालो बेलुन प्रदर्शन गरिएको छ । (नेकपा)को केन्द्रको विभाजनको प्रभावले चितवनमा बादलविरुद्ध प्रदर्शन गरिएको हो ।

(नेकपा)को ओली समूहको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई ठाउँठाउँमा विरोध प्रदर्शनसहित कालो बेलुन उडाएका थिए । (नेकपा)को प्रचण्ड–माधव समूहका जिल्ला नेता तथा कार्यकर्ताहरुले बादललाई ‘लाल गद्धार’ भन्दै विरोध गरेका थिए ।

सोमबार एकै समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड(नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड(नेपाल समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रचण्ड-नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन्। बादल लाल गद्धार, संवैधानिक ‘कू’का मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ। पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal