आज :

विहानै खुमलटारमा पुगेर ओलीले प्रचण्डसँग तीन प्रस्ताव राखे !

काठमाडौं । प्रधानमन्त्री तथा (नेकपा) का अध्यक्ष केपी शर्मा ओली शनिबार विहानै अर्का अध्यक्ष अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे । सरकारी गाडीमा सुरक्षासहित ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका  छन् ।

प्रचण्डले आफू निकट नेताहरुको पेरिसडाँडामा गोप्य भेला गरेको भोलि विहानै ओली प्रचण्डलाई भेट्न तीन वर्षपछि पहिलो पटक खुमलटार पुगेका हुन् । ओली विहान ११ बजे खुमलटार पुगेका हुन् ।

ओली र प्रचण्डबीच एक घण्टा वार्ता भएको बताइएको छ । ओली १२ बजे खुमलटारबाट बाहिरिएका थिए । ओली र प्रचण्डबीच जारी स्थायी समिति बैठक, अध्यादेश र पेश गरिएका प्रस्तावबारे छलफल भएको स्रोतको दाबी छ । ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको जानकारी गराउँदै प्रचण्डले पेश गरेको प्रस्ताव पनि फिर्ता लिनु पर्ने सर्त राखेका थिए । तर प्रचण्डले अध्यादेश र आफूले पेश गरेको प्रस्ताव फरकफरक विषय भएको जवाफ फर्काएका थिए ।

त्यसैगरी ओलीले जारी स्थायी समिति बैठक केही दिन सार्न प्रस्ताव गरेका थिए भने प्रचण्डलाई गुटको भेला स्थगित गर्न सुझाव दिएका थिए । त्यसबारे सोच्न सकिने जवाफ प्रचण्डले फर्काएका थिए ।

ओली र प्रचण्डबीच वार्ता चलिरहेको बेला उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका थिए । त्यसको केही समयपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि खुमलटार पुगेका थिए । अहिले प्रचण्ड, नेपाल र गौतमबीच वार्ता चलिरहेको छ ।

खुमलटारमा आज भएको भेटवार्ताले जारी विवादलाई मत्थर पार्न सहयोग पुग्नेगरी नेताहरुबीच छलफल भएको (नेकपा)  का नेताहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal