आज :

कोरोना संक्रमणबाट (नेकपा) का केन्द्रीय सदस्य लामाको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ । कोरियाको राजदूतको कार्यकाल पूरा गरेर फर्किएका लामाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो

केही पहिले लामा आफैले टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको सामाजिक संजालमार्फत सार्वजनिक गर्दै बच्न सुझाव मागेका थिए । उच्च ज्वरोसँगै स्वासप्रस्वामा समस्या देखिएपछि लामालाई उपचारको लागि महारजगंजस्थित शिक्षण भर्ना गरिएको थियो । आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि लामाको स्वास्थ्यमा सुधार नभएर विहीबार विहान ज्यान गएको अस्पतालले बताएको छ ।

पूर्व सांसद तथा सभासद् समेत रहेका लामाले उपचारकै क्रममा पनि आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमार्फत जानकारी गराउँदै आएका थिए । उनले आफूलाई गारो भएको बताएका थिए । उपचारकै क्रममा उनले सपरिवारको फोटो फेसबुकमा पोष्ट गर्दै अन्तिम सम्झना समेत भनेका थिए ।

पुराना कम्युनिष्ट नेता लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि लामा (नेकपा) को राजनीतिमा सक्रिय थिए ।

यसैबीच लामा नेपालमा कोरोना भाइरसबाट बुधबारसम्म ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । त्यस्तै कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । जसमध्ये २ लाख ३० हजार ५३७ जना कोरोना जितेर सामान्य जीवनमा फर्किसकेका छन् भने १२ हजार २४५ जना अझै कोरोनासँग संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal