
काठमाडौं । नेत्रविक्रम चन्द नेकपाका जिल्ला सेक्रेटरी कुम्भ बुढा भागेको निहुमा पत्रकार महासंघ हुम्लाका पूर्वअध्यक्ष, कचहरी दैनिकका सम्पादक, प्रकासक सिमकोट गाउँपालिका–५ का कणबहादुर रोकाया र नेपाल टेलिभिजन एवम् नयाँ पत्रिकार राष्ट्र्यि दैनिका हुम्ला सम्वादाता चंखेलि गाउँपालिका–५ का नरजन तामाङ्को डेरामा मङ्सिर २३ गते रातीको समयमा प्रहरीले घेराउ गरेको भन्दै प्रत्रकार महासंघ हुम्लाले मङ्सिर २४ गते प्रशासनमा प्रमुख जिल्ला अधिकारीको ध्यानार्कष गराएको छ ।
हुम्ला जिल्लाको जिल्ला अदालतका न्यायधिस जगतबहादुर पौडेलको एकल इजलासले मङ्सिर २३ गते कुम्भ बुढा र उपेन्द्र रावललाई राज्य विरुद्धको अपराध नभएको भन्दै फैसला भएर सफाई दिएपछि मानवअधिकारकर्मीहरुको रोहवरमा मङ्सिर २३ गते नै रिहा भएका थिए ।
नेता बुढालाई जिल्ला अदालतले सफाईको फैसला गरेता पनि प्रहरीले भने गेट बाहिर पठाए लगतै पुनः गिरफ्तार गर्ने उदेश्य भए पनि बुढा तत्कालै फरार रहेको भन्दै प्रहरीले खोजि कार्य गरेको थियो ।
खोजि कार्य गर्ने क्रममा पत्रकार रोकाया सम्पादकको घरमा करीव दुई दर्जन प्रहरी टोलि गएर विनासितीमा मनपरि तवरले विधुतको एम सिवी बन्द गरि पत्रकार रोकायालाई मानसिक टचर गरेको रोकायाले बताए । त्यस्तै नेपाल टेलिभिजन र नयाँ पत्रिका हुम्ला सम्वादाता तामाङ् बस्ने निवास, रेडियो कर्णाली, रेडियो कैलाश, लगायतका सञ्चार मिडियालाई प्रहरीले निगरानी गरेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए । अध्यक्ष बोहराका अनुसार जिल्ला, राष्ट््िरय र अन्तराष्ट्र्मिा आवद्ध हुम्लाका सम्र्पुण पत्रकारहरुलाई विनासितीमा मानसिक टचर नदिन नेपाल पत्रकार महासंघ हुम्लाले आग्रह गरेको छ ।
सो पत्रकार टोलिद्धारा पत्रकारहरुलाई त्यसैरी निगरानी गर्नुको कारण के हो ? भन्दा प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले आफुलाई जानकारी नभएको र केही समस्या भए पनि समन्वय गर्ने बताए भने डिएसपी सुर्य प्रकास सुवेदिले प्राविधिक कारणबस तलमाथि भएको स्वीकार्दै आगमी दिनहरुमा सहकार्य गरेर अगाडी बढ्ने भएको महासंघ हुम्लाका अध्यक्ष बोहराले बताउनु भयो ।