आज :

सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध अविलम्ब खारेज गर्नुपर्छः माओवादी केन्द्र

काठमाडौं । नेकापा (माओवादी) केन्द्रका अध्यक्ष कर्णजित बुढाथोकीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध तत्काल हटाउनु पर्ने बताएका छन् । गणतन्त्र विरोधीहरु सडकमा सल्बलाउन थालेको भन्दै सत्ता बाहिर र भित्रका देशभक्त र गणतन्त्रवादीहरु एकजुट भएर गणतन्त्रको रक्षा गर्नु पर्ने धारणा राखे ।

त्यसैगरी अध्यक्ष बुढाथोकीले वर्तमान प्रधानमन्त्री केपी सर्मा ओलीको घाँटी पूर्व–राजा ज्ञानेन्द्र शाहासँग जोडिएको आरोप लगाएका छन् । हालै स्थायी समितिको बठकले लिएका निर्णयहरु बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुढाथोकीले मधेशवादी, सरकारी नेकपा र दरबारियाहरुलाई भारतले चीन घेर्ने नीतिसहित उचालेको आरोपसमेत लगाएका छन् ।

मंगलबार अनामनगर स्थित संवाद डबलीमा भएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले पछिल्लो समयमा राजसंस्थाको पुनस्थापनाको नारासहित राजावादीहरुको सडकमा बाक्लो उपस्थिति हुँदा पनि ओलि सरकारले कुनै प्रतिक्रिया नदिनु तर लिपु लेक र काला–पानीको मुद्धा उठाउनेहरुलाई ब्यापक दमन गरेको भन्दै आक्रोष ब्यक्त गरे । त्यसैगरी विप्लव नेतृत्वको नकपा माथिको प्रतिबन्धि अभिलम्बरुपमा फिर्ता गर्नु पर्ने पतउँदै उनले भने,“प्रतिगामी र गणतन्त्र विरोधीहरुलाई साथ दिने र राष्ट्रवादी शक्तिहरुले लिपुलेक –कालापानी बारे आवज उठाउँदै दमन गर्ने ? अब जनगणतन्त्रका लागि कडकमा उत्रिनु पर्ने बेला आयो ।”

पत्रकार सम्मेलनमा बैठकले गरेका निर्णयहरुबारे जनकारी दिदै अध्यक्ष बुढाथोकीले संगठन सम्बन्धि निणयहरु गरेको जानकारी दिदै अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुशिल’, बरिष्ठ नेता तिलक थापामगर, उपाध्यक्ष रंगनाथ ढकाल, महासचिव नरेश शाही, सचिवहरुमा वलराम पुन, मेघ बहादुर खत्री, अरुण घिसिङ्ग, सिंहराज वि.क. र शिवसुन्दर शाहीलाई निर्वाचित गरिएको छ । त्यसै गरी स्थायी समिति,भोजराज त्रिपाठी, कुमार याख्खा राई, लक्ष्मण कार्की, टि.पि.गौतम, स्मृति रिजाल, धरेन्द्र लामा, पार्टी इन्र्चाज र सेक्रेटरी हकमा १ नंं. प्रदेश कुमार याख्खा राई, लक्ष्मण कार्की, प्रदेश नंं. २ कार्यलय, प्रदेश नं.३ अरुण घिसिङ्ग, प्रकास दाहाल, प्रदेश नं. ४ भोजराज त्रीपाठी, प्रदेश नं.५ सृजन वि.क., शिवसुन्दर शाही,विक्रम चाौधरी प्रदेश नं. ६ धर्मराज बेडुवाल, प्रदेश नं. ७ रंगनाथ ढकाल त्यसैगरी विभागहरु सम्बन्धि निर्णय लिएको बताउँदै संगठन विभाग नरेश शाही, आर्थिक विभागमा प्रकाश दाहाल, न्याय विभाग शिवसुन्दर शाही, प्रकाशन विभाग लोकराज जैसी, रहेका छन् अन्य विभागहरुको हकमा पहिलाको नै यथावत राख्ने र विभाग, सचिव र सदस्यको हकमा विभागिय बैठक बसेर निर्णय लिनेछ ।

त्यसैगरी राजनैतिक वार्ता तथा सम्वाद समितिमा ५ सदस्यीय रहने निर्णय भएको छ जसमा कर्णजित बुढाथोकी, तिलक थापामगर, रंगनाथ ढकाल, नरेश शाही, मेघ ब. खत्री, र शिवसुन्दर शाही रहने आवश्यक सदस्य थपने निर्णय भएको छ । २२ दलिय आन्दोलनलाई प्रभावकारी वनाउन पार्टीको तर्फवाट सचिवालयको जिम्मा अरुण धिसिङ्ग र लोकराज जैसीलाई जिम्मेवारी दिने निर्णय भएको बताए ।

क्रान्तिकारी जनपरिषद भेला गर्ने निर्णय गरियो जसमा भेलाको आयोजक समिति संयोजक तिलक थापामर, सहसंयोजक रंगनाथ ढकाल, धनकुमारी मगर महासचिव धर्मराज बडुवाल, सचिव लोकराज जैसी, टि.पि. गौतम,कोषाध्यक्ष प्रकास दाहाल, सचिवालय सदस्य, प्रदेश नं. १ बावुलाल पानवाङ्ग प्रदेश नं. २ केन्द्रय कार्यालय प्रदेश नं. ३ रामप्रसाद मैनाली, धरेन्द्र लामा,मिना चन्द,अकिल बहादु तामाङ्ग प्रदेश नं. ४ भोजराज त्रिपाठी प्रदेश नं. ५ कलावति चौधरी,भागिराम थारु,दौरा थारु,मंरु थारु प्रदेश नं. ६ रंगमल रोकाया, कृष्ण खड्का, कृष्ण बोहरा प्रदेश नं. ७ मनोजकुमार बोहरा, ज्ञानु बम, सोभा आर्चाय,कमला जैसी जवस संयोजन गर्ने जिम्मा वरिष्ठ नेता तिलक थापामगर थ्ऋी संयोजक क शुशिल र सह–संयोजक कृष्ण खड्का पहिचान मोर्चा संयोजक पासाङ्ग लामा, तामाङ राष्ट्रिय मुक्ति मोर्चा संयोजक अरुण घिसिङ अखिल नेपाल किसान संघ (क्रान्तिकारी) इन्र्चाज टि.वि. गौतम, टेडयुनियन संयोजक मेघ ब. खत्री सहसंयोजक रामप्रसाद मैनाली,अनेरास्ववियु (क्रान्तिकारी) संयोजक कपिल सिजापति विभागमा पूर्व जनमुक्ति सेना नेपाल सचिव कृष्ण बोहरा, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा संयोजक जनक कामी ( सागर),थारु मुक्ति मोर्चा संयोजक भागिराम थारुलाई गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal