आज :

कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा ३०१ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोनाभाइरसबाट ज्यान गुमाउने पनि सबैभन्दा धेरै काठमाडौंमै छन् । देशभर १ हजार २३० जनाको ज्यान गुमाएकामध्ये ३०१ जना काठमाडौंका मात्रै छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको काठमाडौं उपत्यका अन्य दुई जिल्ला भक्तपुरमा ७५ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा ५०१ जना कोरोनाबाट संक्रमित भएका छन् । योसँगै काठमाडौं उपत्यकामा कुल संक्रमित संख्या ९७ हजार १५९ पुगेको छ । जसमा काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् ।

त्यसैगरी निको हुनेको संख्या पनि काठमाडौंमै धेरै छ । काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भएर डिस्चार्ज भएका छन् । सोमबारसम्म काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना सक्रिय संक्रमित रहेका छन् ।

सोमबार देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो । सोमबार थपसहित कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । संक्रमितमध्ये १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सोमबार थप २ हजार ९ सय ४३ जना क्रमणमुक्त भएर डिस्चार्ज भएका थिए । योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । सोमबारसम्म देशभर ३३ हजार ३७९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी सोमबार थप ९ जना संक्रमितको ज्यान गएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म १ हजार १३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् । सोमबारसम्म मनाङ जिल्ला मात्रै कोरोना भाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal