आज :

कात्तिक २० गते कोरिया-काठमाडौं सिधा उडानः यस्ता छन् पीसीआर जाँच गर्दा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं । केएमई ट्राभल एण्ड टुर्सको व्यवस्थापनमा नोभेम्बर ५ अर्थात कात्तिक २० गते दक्षिण कोरियाको इन्छन विमानस्थल-काठमाडौं सिधा उडान हुँदैछ । कोरोना भाइरस महामारीका कारण समयमै घर फर्किन नपाएका नेपालीहरुको सुविधाको लागि केएमईले सिधा उडानको व्यवस्थापन गरेको हो ।

केएमई ट्राभल एण्ड टुर्सका कार्यकारी निर्देशक विनोद कुँवरका अनुसार कोरियन एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले आरटी-पीसीआर रिपोर्ट अनिवार्य भएको छ । बोर्डिङ समयलाई आधार मानेर ७२ ‍घण्टा नकटेको हुने पर्ने केएमई ट्राभलले जानकारी दिएको छ । बोर्डिङ स्थानीय समयअनुसार विहान १० बजे र उडान समय ३ बजे रहेको छ ।

त्यसैगरी कोभिड-१९ को आरटी-पीसीआर जाँच गराउँदा अस्पतालबाट कोरियन भाषामा भएको ल्याप रिपोर्ट र मेडिकल सर्टिफिकेट अंग्रेजी भाषामा हुनुपर्नेछ भने प्रष्ट बुझिने गरी पीसीआर नेगेटिभ लेखिनु पर्ने केएमई ट्राभल एण्ड टुर्सले जनाएको छ ।

आरटी- पी‍सीआर गराउँदा ध्यान दिनुपर्ने कुराहरुः  

  • आरटी-पीसीआर जाँच गरेकाको रिपोर्ट सर्टिफिकेट अनिबार्य अंग्रेजीमा हुनुपर्ने छ र कोरिएन भाषामा 검사결과 보고서 र 의무기록 사본발행 중명서 पनि अनिवार्य प्राप्त गर्नुपर्ने हुन्छ । जुन तपाईँले जाँच गराउनु भएको अस्पतालमा जानकारी गराउनु भयो भने सजिलै प्राप्त गर्न सक्नु हुनेछ |
  • कोभिड-१९ आरटी-पीसीआर जाँच नेगेटिभ भनि खुलाईएको हुनुपर्ने छ र अन्य कोभिड-१९ जाँच नेगेटिभ लेखिएकोलाई मान्यता दिने छैन। साथै, एउटा सक्कल र एउटा प्रतिलिपि कपि साथमा लिएर आउनुपर्ने छ । एक कपी इन्छन एयरपोर्टको चेक इन काउन्टरमा बुझाउन र अर्को साथमा राख्नुहुन अनुरोध गर्दछौं र परीक्षण अवधि विमान चड्ने समयसम्ममा अधिकतम ७२ घण्टाभन्दा कटेको हुनु हुँदैन।
  • आरटी-पीसीआर जाँचेको मिति र नतिजाको मिति र समय समेत स्पष्टरूपमा उल्लेख गर्नुपर्ने र जाँचेकाे मिति र नतिजा मितिमा कम्तिमा पनि ८ घण्टाको अन्तर हुनुपर्ने छ। जाँच मिति- समय साथै रिपोर्ट आएको मिति-समय एउटै रहेकोलाई आधिकारिक मानिने छैन।
  • परीक्षण अनिबार्य रुपमा सरकारी वा निजि अस्पतालबाट गरिएको हुनुपर्नेछ। बोगन्सको परीक्षणको नतिजालाई मान्यता दिइने छैन।
  • रिपोर्टमा अस्पतालको आधिकारिक छाप (तोक)भएको हुनुपर्ने छ। अन्यथा, छाप नभएको, सही नभएको, हातले लेखेको, केरमेट भएको वा सच्याईएको हुनु हुँदैन।
  •  रिपोर्ट लिँदा नाम, ठेगाना, पासपोर्ट नम्बर, मितिलगायत आफ्नो विवरण सही भएको नभएको चेक गरेर मिले नमिलेको आफैंले हेरी लिनुहुन पनि हार्दिक अनुरोध गरिन्छ।

यसमा कुनै कठिनाइ भएमा केएमई ट्राभलको कार्यालयमा सम्पर्कन गर्न सकिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal