आज :

विद्युत प्राधिकरणमा कोरोनाः हटलाइन सेवा बन्द 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । प्राधिकरणको हटलाइन सेवामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिए हो ।

कार्यालय बन्द गर्नु परेकोले ११५० नम्बरको हटलाइन सेवा बन्द गरिएको छ । विद्युत प्राधिकरणले सूचना जारी गरेर सेवा बन्द भएको जनाएको छ । प्राधिकरणले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।

”नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाई काेभिड-१९ सं‌‍क्रमण देखिएकाे हुँदा उक्त कार्यालय  सिल गर्नुपरेकाेले हटलाइन सेवा ११५० केहि दिनकाे लागी वन्द गरीएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । यसबाट ग्राहकवर्गमा पर्न गएकाे असुविधाप्रती क्षमाप्रार्थी छाै‌ं” प्राधिकरणको सूचनामा भनिएको छ ।

यसैबीच विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ६७ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार ३ करोड ६७ लाख ६३ हजार ७८३ जना संक्रमित भएका छन् । जसमध्ये १० लाख ६६ हजार ९८४ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै, २ करोड ७६ लाख ७४ हजार ४६८ जना कोरोना जितेर घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ७८ लाख कोरोना संक्रमित भएका छन् । जसमध्ये २ लाख १७ हजारको ज्यान गइसकेको छ । कोरोनाबाट अमेरिकामा पछि बढी प्रभावित भारतमा ६९ लाख संक्रमित संख्या नाघेको छ । भारतमा एक लाख ६ हजारको संक्रमणबाट ज्यान गइसकेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा ५० लाख कोरोना संक्रमितमध्ये एक लाख ४९ हजारको निधन भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal