
काठमाडौँ । नेत्रवीक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले कोरोनाले आक्रान्त बनेको देशमा जनतालाई स्वास्थ्य सेवा दिएर सुरक्षित गर्नुको सट्टा आफ्ना पार्टीका नेता–कार्यकर्तालाई गिर’फ्तारीमा नै जोड दिएकोप्रति आक्रोश ब्यक्त गरेको छ । ब्युरो इन्चार्ज रवीको नाममा बहिबार एक प्रेस विज्ञप्ति जारी गरी क्वारेन्टाइनमा बसिरहेका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई विना कारण गिर’फ्तार गर्नुले आफ्नो पार्टीलाई आक्रोशित बनाएको उल्लेख गरेका छन् ।
इन्चार्ज रवीको विज्ञप्तिमा भनिएको छ,“फासिवादी दमनको सैलीमा हिजो राति ३ बजे कोरोना प्रकोपका कारण होम क्वारेन्टाइनमै बसिरहेका हाम्रो पार्टी हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा‘निर्माण’लाई युद्ध शैलीमा प्रहरी प्रशासनले गिर’फ्तार गरेकोप्रति हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ ।”
देशभरी नेताकार्यकर्ताहरुलाई दमन, गिर’फ्तारी तथा झूटामुद्धामा फसाउने कार्यले सरकार देशमा शान्ति र अमन चयन भन्दापनि हत्या–हिंसा चाहिरहेको भन्दै, कुनै पनि गतिविधीमा संलग्न नरही बसिरहेका व्यक्तिलाई गिर’फ्तार गरेर शान्तपूर्वक वसेको सिंहलाई जिस्क्याएको जस्तै भएको बताएको छ । भ्रष्टाचार, लुटको स्वर्ग बचाउन आफ्नो पार्टीमाथिको दमनचक्रवीरुद्ध उत्रन सरकार स्वयमले उक्साइरहेको र निकट भविष्यमा त्यसको मुल्य ओली सरकारले चुकाउनु पर्नेसमेत उल्लेख गरेको छ ।
सेक्रेटरी बुढालाई बिहिबार विहान ३ बजे मैला तथा गल्फागाडबाट गएका करिब २० जना प्रहरी तथा अनुसन्धान लगायतका सुरक्षाकर्मीले घर घेराहालेर पक्राउ गरेको पार्टी स्रोतले अनलाइन डबलीलाई बताएको छ ।