आज :

केएमईको कोरिया एयरको ‘फ्रि टिकट’ न्यौपाने र खनालले जिते

काठमाडौं । दक्षिण कोरियाबाट दुई जना फ्रि टिकट नेपाल फर्केन पाउने भएका छन् । केएमई ट्राभल एण्ड टुर्सको कोरिया एयरको फ्रि टिकट उपहार योजना अन्तरगत कोरिया एयरको उडानबाट दुईजना फ्रि टिकट आउने भएका छन् ।

केएमईको कोरिया एयरको फ्रि टिकट उपहार योजनाका भाग्यामानी बिजेता नमराज न्यौपाने र केशव खनाल बनेका छन् । न्यौपाने र खनाल यही अक्टुबर ९ मा फ्रि टकटमा नेपाल आउने भएका छन् । बुधबार साँझ उपहार चिठा खोलिएको थियो ।

कार्यक्रममा विशेष अतिथि समेत रहेका नेपालको लागि कोरियाका कार्यवाहक राजदुत रामसिंह थापा, कोरियन एअरका प्रतिनिधि  र केएमई ट्राभल एण्ड टुर्सका कार्यकरी निर्देशक बिनोद कुँवरको उपस्थितिमा  चिठा खोलिएको थियो । कार्यक्रम केएमईको फेसबुक पेजमार्फत प्रत्यक्षप्रसारण गरिएको थियो । साथै केएमईले बिजनेश कलास सिट समित रहेको भन्दै टिकट लिएर फ्रि टिकटको भाग्यशाली बिजेत भन्न समेत आग्रह गरेको छ ।

कोरोनाका कारण स्वदेश फर्किन नपाएका नेपालीको उडान व्यवस्थापन गर्दै आएको केएमईले कोरोना परीक्षण गराउन समेत यसअघि आग्रह गरेको थियो । उसले ७२ घण्टा नकटेको आरटी-पीसीआर रिपोर्ट अनिवार्य रहेको सूचना सार्वजनिक गरेर जानकारी गराउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal