News Portal

  • प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण

    डबली संवाददाता२०७७ असोज १५ गते
    १६० पटक

    काठमाडौँ । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    आज सामाजिक सन्जाल ट्वीटमा एक ट्वीट गदै आफुलाई कोरोना संक्रमण भएको बताएको हुन् ।

    उनले आफलाइ कोरोना संक्रमण भएको जानकारी गराए पनि आफुमा त्यस्तो कुनै लक्षण नभएको बताएको छन् । अहिले आफु सुरक्षित रुपमा होम आईसोलेसनमा बसेको पनि जानकारी गराएको छन् ।

    यसैबिच आजै मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७९ हजार ७२८ जना पुगेको छ ।

    हालसम्म देशभरि जम्मा उपचाररत सङ्क्रमितहरुको सङ्ख्या २१ हजार ८३० छ । क्वारेन्टिनमा रहने व्यक्तिहरुको सङ्ख्या ५ हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्