आज :

जे.बि. ओलीको प्रस्ताब मेलिना राईलाई “काली आई लभ यु” (भिडियो सहित)

काठमाडौँ । चर्चित गायक एबं सर्जक जे.बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ ।

“काली आई लभ यु” बोलको गीतमा जे.बी ओली स्वयम कै शब्द र संगीत रहेको छ ।

अन्य म्युजिक भिडियोमा प्रयोग नभएका उपकरणहरु प्रयोग गरी पृथक तरिकाले यस गीतको भिडियो निर्माण गरिएको कारणले पनि यस गीतको म्युजिक भिडियो निकै उत्कृष्ठ बनेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बि.सी को निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको उत्कृष्ठ नृत्य तथा अभिनय रहेको छ ।

बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जे.बी ओलीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होस् ः

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal