आज :

नेपालमा कोरोना संक्रमणबाट ४०१ जनाको ज्यान गयो, संक्रमितको संख्या ६३ हजार नजिक

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । शनिबार देशभर थप १२०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशाला १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यो शनिबार दिउँसोसम्मका विवरण हो । शनिबार साँझसम्म आइपुग्दा इटहरीलगायतमा थप संक्रमित थपिएका छन् ।

त्यसैगरी शनिबार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वरले आज १ हजार ४ सय ४७ जना कोरोनामुक्त भएर घर फर्किएको जानकारी दिए । योसँगै नेपालमा कोरोना जितेर घर जानेको संख्या ४५ हजार २६७ पुगेको छ ।

त्यसैगरी आज काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बाराका १११ जना, नवलपुरका ४५, मोरङका ३३, दाङका २८, सुनसरीका २३, दार्चुलाका २१, बाँकेका २०, सप्तरीका १९, मकवानपुरका १८, सर्लाहीका १५, काभ्रेका १४ तथा धादिङ र कास्कीका १३–१३ जना, रामेछापका ९ जना, सिराहा र कैलालीका ८–८ जना, चितवन र सिन्धुपाल्चोकका ७–७ जना, झापा र पर्साका ६–६ जना, दोलखा, तनहुँ र लमजुङका ५–५ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियाका ४–४ जना, ओखलढुंगा, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र बैतडीका ३–३ जना, धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कञ्चनपुरका २र२ जना तथा खोटाङ, महोत्तरी, नवलपरासी, प्युठान र रुपन्देहीका १–१ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणका कारण आज थप ११ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal