आज :

कुलमानको कार्यकाल आज सकिँदै, भोलि पुनर्नियुक्ति गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार (आज) सकिँदैछ । पहिलो कार्यकलको पूरा हुन लागेपछि प्राधिकरणको कार्यकारी निर्देशक को होला भन्ने ? आम चासोको विषय बनेको छ । कुलमानकै अगुवाईमा नेपालमा लोडसेडिङ अन्त्य भएको र केही काम बाँकी भएकोले पुनर्नियुक्ति गर्नुपर्ने भन्दै जनस्तरबाटै दवाव बढेको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्त गर्ने बताइसका छन् । सर्वसाधारण मात्रै होइन प्राधिकरणका कर्मचारीहरु पनि कुलमानलाई नै पुनर्नियुक्ति गर्नुपर्ने पक्षमा उभिएपछि सरकारलाई झन दवाव बढेको छ ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्राधिकरणको नयाँ कार्यकारी निर्देशनमा पुनः कुलमानलाई नै नियुक्त गर्ने अन्तिम तयारी भएको छ । मन्त्रालयले प्रस्ताव तयार पारेको छ । कुलमानलाई पुनर्नियुक्तिको लागि मन्त्रालयले तयार पारेको प्रस्ताव मुख्यमन्त्रीलाई बुझाएपछि भोलि मन्त्रिपरिषद् बैठक बसेर नियुक्ति गर्ने बताइएको छ । तर, प्रधानमन्त्री केपी केपी शर्मा ओलीले कुलमानलाई पुनर्नियुक्तबारे सहमति जानाइसकेका छैनन् ।

कुलमानलाई नै निरन्तरता दिन (नेकपा)का अध्यक्ष प्रचण्ड, जनार्दन शर्मा, ऊर्जामन्त्री पुनलगायतका नेताहरुले पहल गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले सुशील ज्ञवालीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी गरेको हल्ला पनि ऊर्जा मन्त्रालयमा चलेको छ । तर स्रोतले त्यसलाई अस्वीकार गर्दै भन्यो, “मन्त्रालयको तर्फबाट कुलमानलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्तको प्रस्ताव अगाडि बढाएको छ । अरुको बारेमा अहिले छलफल भएको छैन ।”

तत्कालिन ऊर्जामन्त्र जनार्दशन शर्माको पहलमा कुलमान प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि दैनिक १६ देखि १८ घण्टासम्म लोडसेडिङ खेप्न पर्ने बाध्यबाट मुक्ति पाएका सर्वसाधारण कुलमानकै निरन्तरताको पक्षमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal