आज :

‘अरुको आवाज मिडियाले बोल्ने तर पत्रकार पीडित हुँदा कस्लाई भन्ने’

काठमाडौं । आवाज विहिनहरुको आवज नै मिडिया तर मिडियाबाटै पत्रकार प्रताडित हुँदा कस्ले बोल्ने भन्दै पत्रकारहरु सडकमा उत्रेका छन् । देशकै ठूलो र व्यवसायिक रुपमा समेत सफल देखिएको कान्तिपुर मिडिया गुरुप अन्तर्गत सञ्चालित कान्तिपुर टेलिभिजनले लामो समयदेखि कायृरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई बिना कारण कामबाट निष्काशन गरेको विरोधमा आईतवार कान्तिपुर टेलिभिजनकर्मीले आफ्नो काममा एक घण्टा अवरोध गरेका छन ।
तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पुगेका पत्रकार तथा कर्मचारीहरुले मिडिया मालिकले कामबाट निष्काशन गरेका सबैलाई पुर्नवाहली नगरेमा कडा संघर्षमा उत्रिने चेतावनी दिदै सो अवरोध कार्यक्रम गरेका हुन ।
कान्तिपुर टेलिभिजन कर्मचारी संघले आयोजना गरेको उक्त अवरोधको कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन, नेपाल, प्रेस सेन्टर नेपाललगायत विभिन्न ट्रेड यूनियनमा आवद्ध संघ, संगठनहरुको ऐक्यवद्धता रहेको थियो । कान्तिपुर टेलिभिजनले श्रमजीवी कर्मचारीमारा नीति लिएको भन्दै बिना कारण कामबाट निष्काशन गरिएका सबै पत्रकार तथा कर्मचारीहरुलाई तत्काल काममा फर्काउन दवाव दिदै गरिएको उक्त कार्यक्रममा टेलिभिजनका प्राय सबै श्रमजीवीहरुको सहभागिता थियो ।
कान्तिपुर टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकारहरुले गेट भित्रबाट आन्दोलन गरिरहेका थिए भने गेट बाहिर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपाल प्रेस सेन्टर नेपाल लगायत विभिन्न पेशागत संघ संगठनहरुले टेलिभिजनको गेट अगाडिबाट त्यस आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरिरहेका थिए । विरोध कार्यक्रमलाई टेलिभिजनको गेट भित्रबाट कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेतले सम्बोधन गर्दै मिडिया मालिक तथा व्यवस्थापन पक्षलाई कर्मचारीमाथिको अन्याय रोक्न र श्रमीकवर्गिय न्यायको पक्षमा उभिन आह्वान गरेकी थिइन ।
उनले मिडिया मालिकका कारण पछिल्लो समय धेरै कर्मचारीहरुमाथि मानसिक ट्रचर भएको भन्दै लामो समयदेखि काममा रहेका, सक्षम कर्मचारी पत्रकारहरुलाई हटाइएको र कतिपयलाई काम गर्ने वातावरण नबनाइएको भन्दै विरोध गरिन । गेटभित्र कर्मचारी, पत्रकारहरुले गरेको धर्नाको कार्यक्रममा एक्वयबद्धता जाहेर गर्दै गेटबाहिरबाट ऐक्यबद्धता मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार महासंघ र आफ्नो संगठन जहिले पनि श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको हक, हित र अधिकारको पक्षमा आन्दोलनरत रहेको बताए ।
उनले पछिल्लो चरण कोरोना प्रकोपको कारण देखाउँदै लामो समयदेखि मिडियामा योगदान पुर्याएका पत्रकार तथा कर्मचारीहरुलाई मिडिया मालिकले अबैधानीक रुपमा, अपमानीत रुपमा कामबाट निष्काशन गर्ने, तलब घटाउने, काम गर्ने वातावरण नगराउने, दुख दिने काम गरेको बारेमा सूचना, जानकारीहरु आएको भन्दै त्यसलाई आन्तरिक रुपमा हल गर्न आग्रह गरे । उनले संघ, संगठन र कर्मचारीहरुले उठाएका जायज मागमा आफ्नो ऐक्यवद्धता रहेको भन्दै त्यसको सुनुवाई मिडिया मालिकले नगरेमा थप संघर्षका लागि सडक र कार्यालयमा आन्दोलित हुन कर्मचारी, पत्रकारहरु बाध्य हुने बताए । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य धनञ्जय बुढाले उक्त कार्यक्रममा बोल्दै इतिहासमा श्रमजीवी वर्गमाथि विभेद र अन्याय गर्ने, सामान्तवादी प्रवृतिहरु कहिल्यै सफल नभएको तथ्य औल्याएका थिए ।
क्रान्तिकारी पत्रकार संगठनका नेता बुढाले अहिले गरेको आन्दोलन सांकेतिक र सुझावमूलक रहेको भन्दै त्यसबाट व्यवस्थापन पक्षले समस्या समाधान गर्ने पहल नगरेमा अर्को चरणको आन्दोलन अझ कडा ढंगले अघि बढ्ने बताएका थिए । प्रेस सेन्टर, नेपालका अध्यक्ष लोकराज जैसीले देशको ठुलो मिडिया ग्रुपको कान्तिपुर टेलिभिजनले संकटपूर्ण परिस्थितिमा कर्मचारी तथा पत्रकारहरुलाई निकाल्नु श्रमजीवी पत्रकार ऐनको अपमान हो भन्दै राज्यले बनाएको ऐन, कानुनको अपमान गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताए । जैसीले कान्तिपुर टेलिभिजन जस्तो सक्षम व्यवस्थापनमा सञ्चालित मिडियाले तलब दिन नसक्ने वा अन्य बाहना बनाउँदै श्रमजीवी वर्गको पेशागत अधिकार कटौती गर्नु अपराध हुने भन्दै टेलिभिजनको व्यवसथापन पक्षलाई सचेत भएर आफ्नो आन्तरिक समस्या हल गर्न आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal