आज :

सोमबार थप ९७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ हजार २३६ पुग्यो

काठमाडौँ । नेपालमा थप ९७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकासहित देशभर थप ९७९ नयाँ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ सय पुगेको छ ।

यसैबीच सोमबार थप १७ सय ३६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना जित्नेको संख्या ३० हजार ६७७ पुगेको छ ।

यसैबीच भारत भारत कोरोना संक्रमितको सूचीा दोस्रोमा आएको छ । सबैभन्दा बढी प्रभावित अमेरिका र दोस्रोमा भारत पुगेको छ । भारतमा एकै दिन संक्रमितको संख्या ९२ हजार पुगेसँगै दोस्रो स्थानमा आएको हो । यो आइतबारको तथ्यांक हो । आजको सार्वजनिक भएको छैन ।

भारतीय संचारमाध्यमहरुका अनुसार आइतबार एकैदिन ९१ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख माथि पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७१ हजार भन्दा बढी पुगेको थियो । आइतबारसम्म भारतमा ८ लाख ८३ हजार सक्रिय संक्रमित रहेका
थिए ।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणदर घट्दै गएको छ तर भारतमा भने संक्रमण झन् बढ्दै गएको छ । भारतमा हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ ।

आइतबारसम्म अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ६० हजार पुगेको थियो । अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार बढीले ज्यान गुमाइसकेका छन् । दोस्रोबाट तेस्रो स्थानमा झरेको ब्राजिलमा आइतबारसम्म ४१ लाख ३७ हजार संक्रमित थिए भने १ लाख २६ हजार बढीले ज्यान गुमाएका थिए ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८९ हजार पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal