आज :

कोरोनाका कारण शनिबार विहानै थप चारजनाको ज्यान गयो, जितेर घर फर्किनेको संख्या २६ हजार नजिक

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २६ हजार नजिक पुगेको छ । शुक्रबार स्वास्थ्य जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना जितेर घर फर्किनेको संख्या २५ हजार ५६१ पुगेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले शुक्रबार अहिलेसम्मकै धेरै १३ सय ५४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको बताए ।

यो शुक्रबारको विवरण हो । शनिबार विहानसम्म थपले कोरोना जितेका छन् । दिउँसोसम्म उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।
यसैबीच शनिबार विहानै थप चार जनाको कोरोनाका कारण ज्यान गएको छ । मोरङ, नवलपरासी, रुपन्देहीमा गरी थप ४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

शुक्रबार बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको निधनपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजटिभ देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो । उनलाई न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

त्यसैगरी बुटलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको ज्यान गएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएकी नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो । शुक्रबार साँझबाट स्वास्थ्यमा थप समस्या देखिएको थियो । भेन्टीलेटरमा राखी उपचार समेत स्वास्थ्यमा सुधान हुन नसक्दा शनिबार विहान ६ बजे निधन भएको अस्पतालले जनाएको छ । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना देखीएको थियो ।

बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दापनि निको नभपछि गएराती ११ वजे निधन भएको थियो । दुबै जनामा कुनै दिर्घ रोग नभएको अस्पतालले जनाएको छ ।

शुक्रबार देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु पुरुष ८९५ र महिला ४६४ रहेका छन् ।

शुक्रबारसम्म देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको थियो । शनिबार विहानसम्म यो संख्या बढेको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा थप ४५४ जना सक्रमित थपिएको जनाएका थिए । काठमाडौंमा ३८६ जना, ललितपुरमा र भक्तपुरमा ३२ जनामा देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal